उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा शुक्रबार राति जंगली हात्तीले एक घर भत्कार क्षती पु¥याएको छ । शुक्रबार राति करिव साँढे दुई बजेको समयमा आएको जंगली हात्तीले दिपक सार्कीको फुसको छानो भएको घर भत्काउनुको साथै घरमा भएको अन्नपात खाई दिइएको थियो । उनको घरमा रहेको एक क्विटल धान, चामल खाई छरपस्ट गरिदिएको पिडित सार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सार्कीको करिब ३५ हजार बराबरको क्षति पु¥याएको जनाएको छ ।

तपाईको प्रतिक्रिया