उदयपुरको कटारी नगरपालिकामा मेयरमा ज्ञानेन्द्र श्रेष्ठको अग्रता

उदयपुरको कटारी नगरपालिकामा मेयरमा ज्ञानेन्द्र श्रेष्ठको अग्रता
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदबार ज्ञानेन्द्र श्रेष्ठले पछिल्लो चरण अग्रता कायम गरेको छ । कटारी नगरपालिकाको वडा नं. ९, १०, ११, १२, १३ र १४ को मत गणना गर्दा २ हजार १११ मत सहित अगाडी रहेको छ । निवर्तमान मेयर समेत रहेका श्रेष्ठलाई गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदबार राजेशचन्द्र श्रेष्ठले पछ्याई रहेको छ । मेयरका उम्मेदबार राजेशचन्द्र श्रेष्ठले १ हजार ९५६ मत ल्याएर ...

त्रियुगा नपा १२ मा पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग : गठबन्धन (विज्ञप्तीको पूर्ण पाठ)

त्रियुगा नपा १२ मा पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग : गठबन्धन (विज्ञप्तीको पूर्ण पाठ)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १२ को जनप्रेमी आधारभूत विद्यालयमा २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन रोकिनुको जिम्मा मुख्य निर्वाचन कार्यालयय उदयपुरले लिनु पर्ने गठबन्धनले जनाएको छ । विहिबार एक विज्ञप्ती जारी गर्दे मतदान केन्द्रमा मतदान अधिकृत लगायत कर्मचारीहरुको चरण लापरबाहीको कारणले स्थगित भएको निर्वाचन प्रक्रियाको कार्य पुनः मतदान गर्न गराउन मुख्य निर्वाचन कार्यालयसँग माग गरिएको छ ...

चौदण्डीगढी नगरपालिकामा एमालेका मेयर लामा र उपमेयर दुलाल निर्वाचित

चौदण्डीगढी नगरपालिकामा एमालेका मेयर लामा र उपमेयर दुलाल निर्वाचित
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा मेयर र उपमेयर नेकपा एमालेका उम्मेदबार निर्वाचित भएका छन् । मेयरमा कालूमान लामा र उपमेयरमा मणिकादेवी दुलाल विजयी भएका हुन् । मेयरका उम्मेदबार लामाले ८ हजार ८६३ मत सहित निर्वाचित भएका छन् । उनले खगेन्द्र राईलाई ८५१ मतान्तरले विजयी भएका हुन् । खगेन्द्र राईले ८ हजार १२ मत ल्याए । यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदबार बनेका नरेन्द्र राउतले ४ हजार...

बेलका नगरपालिकामा मेयरमा काँग्रेस, उपमेयरमा एमाले विजयी

बेलका नगरपालिकामा मेयरमा काँग्रेस, उपमेयरमा एमाले विजयी
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा मेयरमा काँग्रेसका उम्मेदबार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको तर्फबाट मेयरमा काँग्रेसका उम्मेदबार अशोक कार्कीले १० हजार १२० मत प्राप्त गरी विजयी भएको हो । उनले निवर्तमान मेयर दुर्गा कुमार थापालाई फराकिलो मतान्तरले हराउँदै विजयी भएको हो । दुर्गा थापाले ६ हजार ९८० मत प्राप्त गरेका छन् । कार्कीले ३ हजार १४० मतान्तरले जित निकाले...

ताप्ली गाउँपालिकामा ३८ मतले ढुङ्गराज विश्वकर्मा विजयी

ताप्ली गाउँपालिकामा ३८ मतले ढुङ्गराज विश्वकर्मा विजयी
उदयपुर । ताप्ली गाउँपालिकामा ३८ मतको अन्तरले नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी भएको छ । विश्वकर्माले ३८ मतको मतान्तरले नेकपा एमालेका बाबुराम राईसँग जीत निकालेको हो । नेकपा एमाले उम्मेदबार बाबुराम राई सुरुवाती चरणदेखि नै अगाडी थिए । अन्तिममा १७९ मत गणना गर्न बाँकी रहँदा २ मतान्तरले बाबुराम राई नै अगाडी रहेकोमा अन्तिममा विश्ककर्माले ३८ मतले विजयी भएको हो । उपाध्यक्षमा धनमाया मगरल...

बेलका नगरपालिकामा एक हजार ८४२ मतले निवर्तमान मेयर थापा पछाडी

बेलका नगरपालिकामा एक हजार ८४२ मतले निवर्तमान मेयर थापा पछाडी
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा निवर्तमान मेयर तथा मेयरका उम्मेदबार दुर्गा कुमार थापा एक हजार ८४२ मतले पछि परेको छ । नेकपा एमालेबाट मेयरका उम्मेदबार थापाले ४ हजार ६१ मत ल्याएका छन् । नेपाली काँग्रेसका मेयर पदका उम्मेदबार असोक कार्कीले ५ हजार ९०३ मतका साथ अग्र स्थानमा रहेको छ । कार्की नेका र नेकपा माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदबार हुन् । उपमेयरमा नेकपा एमालेबाट उम्मेदबार बनेकी जिरा...

रौतामाई गाउँपालिकाको अध्यक्षमा फराकिलो मतान्तरले विरेन्द्र मगर विजयी, उपाध्यक्षमा भुपेन्द्र थापा

रौतामाई गाउँपालिकाको अध्यक्षमा फराकिलो मतान्तरले विरेन्द्र मगर विजयी, उपाध्यक्षमा भुपेन्द्र थापा
उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका मध्ये चार वटै गाउँपालिकाको मत परिणाम आईसकेको छ । मत परिणाममा चार वटै गाउँपालिकामा गठबन्धनका उम्मेदबारहरु विजयी भएका छन् । रौतामाई गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका विरेन्द्र मगरले जीत हासिल गरेको छ । उनले ४ हजार एक सय ८८ मत सहित विजयी भएको हो । निकटतम प्रतिष्पर्धी...

उदयपुरगढीको अध्यक्षमा नेकपा एसका मानबहादुर केप्छाकी मगरको सानदार जीत, उपाध्यक्षमा जीत बहादुर

उदयपुरगढीको अध्यक्षमा नेकपा एसका मानबहादुर केप्छाकी मगरको सानदार जीत, उपाध्यक्षमा जीत बहादुर
उदयपुर । उदपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले सानदार जीत निकालेको छ । नेकपा एस, नेपाली काँग्रेस र नेकपा माओवादीको गठबन्धनको तर्फबाट मान बहादुर केप्छाकी मगरले जीत निकालेको हो । उदयपुरगढीमा १२ हजार एक सय २ मत खसेकोमा केप्छाकी मगरले ४ हजार ९ सय ४२ मत सहित विजय भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका गोपाल खत्रीलाई ८२४ मतान्तरले पछि पार्दै ...

उदयपुरको कटारी नपामा गोली चल्यो, एक जनाको मृत्यु

उदयपुरको कटारी नपामा गोली चल्यो, एक जनाको मृत्यु
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा मतदान सकिए पश्चात उतपन्न विवादमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते घाइते भएको छ । गोली लागेर मृत्यु हुनेमा स्वतन्त्र अध्यक्ष उम्मेदबार गौरबहादुर कटुवालको भतिज १९ वर्षिय नविन कटुवाल रहेको छ । यस्तै घाइते हुनेमा १४ वर्षीय मनकुमार श्रेष्ठ रहेको छ । घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागि भम्भिर घाइते भएको प्रहरीले जनाएको छ । ...

त्रियुगामा काँग्रेसले आचार संहिता विपरित मौन अवधिमा मतदाता प्रभावित गर्न कुखुरा बाँडे (फोटो फिचरसहित)

त्रियुगामा काँग्रेसले आचार संहिता विपरित मौन अवधिमा मतदाता प्रभावित गर्न कुखुरा बाँडे (फोटो फिचरसहित)
उदयपुर । मौन अवधि शुरु भएको एक दिन नवित्दै नेपाली काँग्रेसले त्रियुगा नगरपालिका १२ का स्थानीयलाई कुखुरा बाँडेको थियो । चुनाव प्रचार प्रसार, मतदाता प्रभावित वस्तु बिक्रि वितरणमा कडाई गरिए पनि त्रियुगा नगरपालिका १२ का मुस्लिम बस्तीमा कुखुरा बाँडेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १२ का काँग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदबार मो. दिलशेर अलीको निर्देशनमा कुखुरा वितरण गरिएको स्थानीयहरुले बताएका छ...