त्रियुगा नगरबासीको चुलो बल्न नदिन काँग्रेस लागि परे
उदयपुर । ‘घरघर विद्युतीय चुल्हो आमाको स्वास्थ्य ठूलो’ भन्ने नाराका साथ त्रियुगा नगरपालिकाले नगरभित्रका करिब २० हजार घरधुरीलाई वितरण गर्न लागेको विद्युतीय चुल्होको काम एकाएक रोकिएको छ । वैशाख २१ गते विद्युतीय चुल्हो वितरण गर्न त्रियुगा नगरपालिकाले सम्बन्धित वडा कार्यालयबाट घरधनीको नाम र नागरिकतासहित निवेदन दिन सूचना प्रकाशित गरेको थियो । स्मरणीय छ, असारमा सम्पन्न नवौं नगरपरिषद्ले त्रियुगा नगरपालिका...













