मेडिकल काउन्सिलको परीक्षामा ९ पटक फेल डाक्टर आन्दाेलन गर्दै
काठमाडाैँ ।एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश ...












