उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको शिक्षा ईकाइले सूचना जारी गरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुलाई गर्मी छल्न ३ दिन बिदा गरेको छ । अत्याधिक गर्मीका कारण सोमबार बसेको त्रियुगा नगर कार्यपालिकाको बैठकले बुधबारदेखि लागु हुने गरी तीन दिनका लागि शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।
पछिल्लो एक हप्ता तापक्रम बढेसँगै बालबालिकाहरू विद्यालयमै बेहोस हुन थालेपछि बालबालिकाको स्वास्थ्यको समस्यालाई मध्य नजर गर्दै वर्षे विदाबाट कटौती हुने गरी बिदा दिने निर्णय गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।
एक हप्ता यता ४४ डिग्रीसम्म तापक्रम बढेपछि विद्यार्थी विद्यालयमै बेहोस हुन थालेका थिए । नगरपालिकाको शिक्षा ईकाइले कार्यपालिकाको बिदा दिने निर्णय कार्यान्वयन गर्न गराउन मंगलबार सूचना नै जारी गरेको छ ।

तपाईको प्रतिक्रिया