उदयपुर ।  उदयपुरमा पाँचौं अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । योग दिवसको अवसर पारेर उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा असार २ गतेदेखि ५ गतेसम्म निःशुल्क योग शिविर आयोजना गरिएको थियो । योग दिवसको उपलक्ष्यमा र्याली गरेर बजार परिक्रमा सहित समापन गरिएको थियो ।
‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ योग, प्राणायाम, अक्युप्रेसर र आयुर्वेद तथा प्रकृति चिक्त्सिाको माध्यमले नयाँ तथा पुराना रोगहरुको उपचार गरिएको थियो ।
दमा, ग्याष्ट्रिक, टंसिल, थाइराईड, मधुमेह, मृगौला गडवडी, पिनास, गढीया, बाथ, आमबाथ पिसावको समस्या, पथरी, बाँझोपन, महिनाबारी गडबडी लगायतको निःशुल्क उपचार गरिएको थियो । यस्तै शिविरमा सगरमाथा अञ्चल औषधालयबाट विभिन्न रोगको निःशुल्क औषधि, निःशुल्क अप्रेशन समेत गरिएको डा. संजीव कुमार यादवले जानकारी दिए ।


योगा शिविरका प्रशिक्षक मिस्टर प्रसाद चौधरीका अनुसार योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको पनि जानकारी दिए ।
समापन कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका उपसंयोजक गंगा राईको प्रमुख अतिथिमा सम्पन्न भएको थियो भने विशेष अतिथिमा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीको उपस्थिति रहेको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काको अध्यक्षतामा भएको थियो भने स्वागत डा. संजीव कुमार यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया