उदयपुर । शिक्षा विकास निर्देशनालाय धनकुटाको आयोजनामा प्रतिभा पहिचान कार्यक्रममा रामजानकी माध्यमिक विद्यालय मोतिगडाका छात्रा प्रथम भएकी छिन् ।
शनिबार बालग्राम इटहरीमा सम्पन्न नं. १ प्रदेश अन्तर्गत प्रतिभा पहिचान कार्यक्रममा राम जानकी माध्यमिक विद्यालयका छात्रा हिरा कुमारी राउत निवन्ध लेखन प्र्रतियोगितामा प्रथम भएकी छिन भने भाषा तथा साहित्य विद्या तर्फ दोस्रो स्थान हासिल गरेकी छिन् ।
उनलाई प्रमुख अतिथि जीवन घिमिरेले पुरस्कार स्वरुप २० हजार नगद र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
प्रतिभा पहिचान कार्यक्रममा माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुका बीचमा भाषा साहित्य, गणित, विज्ञान, सृजनात्मक अभिव्यक्ति शिलकला (संगीत र नृत्य र विशेष कला जस्ता विद्यामा लुकेर बसेको प्रतिभाको पहिचान गरी बाहिर ल्याउनको लागि सो प्रतियोगिता आयोजना गरिएको थियो ।

यस्तै रामजानकी माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थी हिरा कुमारी राउतलाई बधाई ज्ञापन गरेका थिए । विद्यालयका प्रधानाध्यापक देवनाथ चौधरीले यस रामजानकी माध्यमिक विद्यालयको नाक १ नं. प्रदेशमा अव्वल गराउन सहयोग गरेको प्रति बधाई दिएका थिए ।









