उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो

उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो
उदयपुर / विश्व वातावरण दिवसमा दिवसको अवसरमा फलफुलका विरुवा रोप्ने जिल्ला मध्ये उदयपुर चौथो नम्बरमा परेको छ । एक नेपाली एक विरुवा कार्यक्रम अन्तरगत धेरै विरुवा रोपेकाले उदयपुर चौथो नम्बरमा परेको हो । विश्व वातावरण दिवस दिवस ५ जुन २०१८ मा प्रधानमन्त्री केपी ओलीले सिंहदरबार परिसरमा विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए । धेरै फलफुलका विरुवा रोपेकोमा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण उदयपुर जिल्...

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन
उदयपुर / ‘सीप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा तीन महिने आधारभूत निःशुल्क व्युटिपार्लर तालिम संचालन गरेको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने आधारभूत निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर पर...

मेयर ज्ञानेन्द्र श्रेष्ठले सडकको कालोपत्रे गुणस्तर कायम गर्न आफैले रोलर चलाए (भिडियो सहित)

मेयर ज्ञानेन्द्र श्रेष्ठले सडकको कालोपत्रे  गुणस्तर कायम गर्न आफैले रोलर चलाए (भिडियो सहित)
उदयपुर / उदयपुरका एक नगरपालिकाका मेयर सडक कालोपत्रे गुणस्तर कायम गर्न आफै प्रत्यक्ष सहभागी भएर रोलर चलाएका छन् । आफ्नो नगरको विकासका लागि विभिन्न रचनात्मक कार्य गर्दै आएका उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले फेरी अर्काे रचनात्मक कार्य गरेका छन । नगरप्रमुख श्रेष्ठले कटारी बजार भित्र निर्माण भईरहेको कालोपत्रे सडकको गुणस्तर कायम गर्न आफैले रोलर चलाएका हुन । कालोपत्रे सडकमा गुणस्तरह...

कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन

कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन
उदयपुर / कटारी नगरपालिका १२ स्थित बसेरी स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको विच उद्घाटन भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको सहयोगमा बनेको स्वास्थ्य चौकी भवनको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । २०६९ साल चैत ३२ गते शिलान्यास भएको शौचालय सहित २७ कोठे भवन २ करोडको लागतमा निर्माण भएको हो । २०५३ सालमा स्थापना भएको उप स्वास्थ्य चौकी स्थापना भएको ५ बर्ष सम्म उच्च म...

ताप्ली गाउँपालिका केन्द्रमा इन्टरनेट सेवा संचालन

ताप्ली गाउँपालिका केन्द्रमा इन्टरनेट सेवा संचालन
उदयपुर / उदयपुरको ताप्ली गाउँपालिकामा ईन्टरनेट सेवा बिस्तार भएको छ । गाउँपालिका ४ ठानागाउँमा राखिएको नेपाल टेलिकमको टावरमा रेडियो लिंक जडान गरी गाउँपालिकाको कार्यालयमा ईन्टरनेट सेवा सुचारु गरिएको हो । करिब १ लाख १५ हजारको लागतमा ठानागाउँको टावरबाट १५ किलोमिटरसम्म डाटा ट्रान्सफर हुने रेडियो लिंक र गाउँपालिका कार्यालयमा रिसिभर डिभाईस राखिएपछि ईन्टरनेट सेवा सुचारु भएको हो । रेडियो लिंक मार्फत इन्टरन...

होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट गुणस्तरहीन, खरिद–विक्रीमा रोक

होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट गुणस्तरहीन, खरिद–विक्रीमा रोक
काठमाडौं / मापदण्ड विपरित सिमेन्ट विक्री गर्ने विभिन्न सिमेन्ट उद्योगमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही अघि बढाएको छ । गुणस्तरहिन सिमेन्ट विक्री गरी उपभोक्ता ठगी गरेको र भवन जोखिममा पार्ने काम गरेको भन्दै विभागले होङ्सी अर्थात शिवम, गणपति, शुभश्री जगदम्बा लगायका सिमेन्टमाथि कारबाही अघि बढाएको राजधानी दैनिकमा समाचार छापिएकोे छ । विभागले अत्याधिक गुणस्तरहिन भेटिएपछि गणपति सिमेन्ट विक्री...

उदयपुर कारागारमा पहिलो पटक हाउस वाइरिङ तामिल सञ्चालन

उदयपुर कारागारमा पहिलो पटक हाउस वाइरिङ तामिल सञ्चालन
उदयपुर /जिल्ला कारागार गाईघाटका कैदी बन्दीहरुका लागि पहिलो पटक तीन महिने हाउस वाइरिङ तालिम शुक्रवारबाट सुरु गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति उदयपुरले कैदी तथा बन्दी जिवन बिताई राखेकाहरुका लागि पहिलो पटक यस्तो तालिम सञ्चालनमा ल्याएको हो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले तालिमपछि मात्र सिपयुक्त हुने भएकाले हरेक मानिसले सिप सिक्न सके स्वारोजगार बन्न मद्दत पुग्ने त...

सुनकोसीमा पाँचौ पटक बेलिब्रिज जडान

सुनकोसीमा पाँचौ पटक बेलिब्रिज जडान
सुखिलाल चौधरी, उदयपुर /सुनकोसी नदीमा पक्की पुल नबनेपछि पाँचौ पटक बेलिब्रिज सञ्चालनमा आएको छ । उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्नभएसंगै बुधबारदेखि सवारी यातायात चल्न थालेका छन् । बेलिब्रिज सञ्चालनमा आएसँगै खोटाङ सदरमुकाम दिक्तेल यातायातको सोझो सम्पर्कमा आ...

नागरिक बहस अनलाइन सूचना विभागमा दर्ता

नागरिक बहस अनलाइन सूचना विभागमा दर्ता
उदयपुर /उदयपुरबाट संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका आधिकारिक रुपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको समन्वयमा सूचना तथा प्रसारण विभागद्वारा आयोजित घुम्ति शिविरमा क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका दर्ता भएको हो । अनलाइन पत्रिकाको कार्यालय त्रियुगा नगरपालिका ३ रहने गरी विभागको दर्ता नं. ११४३÷०७५–७६ मा दर्ता ...

ग्रेडिङ सुन्तलाले कृषकलाई राम्रो आम्दानी

ग्रेडिङ सुन्तलाले कृषकलाई राम्रो आम्दानी
उदयपुर / उदयपुरमा व्यवसायिक रुपमा उत्पादित सुन्तलाले ब्राण्ड पाउँदा कृषक हर्षित भएका छन् । ताप्ली गाँउपालिका १ ओख्लेका व्यवसायिक सुन्तला खेती गर्ने इन्द्रबहादुर शाही यस पटक दंग परे । कारण सानो छ, आफ्ैले उत्पादन गरेको सुन्तला ग्रेडिङ र प्याकिङ गरी पहिलो पटक बजार पठाउँदा शाही दंग परेका हुन । ‘किसानले उत्पादन गरेको फलफुल पनि ब्राण्ड बन्दो रहेछ,’ उनले भने, ‘अव मेरो ग्रेडिङ सहित लेवलिङ गर्दा कसैले पनि...