उदयपुर / गुणस्तहिन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठगी गर्दै आएको शिवम सिमेन्टलाई बजारमा रहेको सिमेन्ट फिर्ता गर्न सञ्चालकलाई निर्देशन दिएपनि पछिल्लो पटक आकर्षक उपहार सहित विक्री वितरण गरेको पाईएको छ ।
विभिन्न स्किम, उपहार र अधिक प्रचार प्रसारका कारण शिवम् सिमेन्ट जर्वजस्त ढंगबाट परिचित व्राण्ड सिमेन्ट बनेको आरोप समेत लाग्दै आएको छ । कम्पनीले पछिल्लो पटक धर्मको नाममा सिमेन्ट बिक्री गर्ने योजना समेत अगाडी सारेको छ । सो उद्योगले ‘करोडौको नगद उपहार तथा सयौ तोला सुन’ ‘लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा’ भन्दै नयाँ ठगीधन्दा समेत अगाडी सारेको छ । हेलिकप्टरबाट गोसाईकुण्डको देवदर्शन गराउने भन्दै आकर्षक योजना सार्वजनिक गरी गुणस्तहिन सिमेन्ट विक्री वितरण गरिरहेको छ ।


सोही उपहार योजना अन्तर्गत कटारी नगरपालिका ४ स्थित हंस हार्ड वेयर एण्ड जनरल स्टोरबाट सिमेन्ट किन्दा स्क्रयाच कुपन मार्फत तुलसी मगर र बिजय कुमार शाहलाई सुन उपहार परेको छ । शिबम सिमेन्ट सगरमाथाका प्रबन्धक बिश्वराम भट्टराईले उपहार परेका मगर र शाहलाई २.५ ग्रामका दरले सुन प्रदान गरेका थिए । डिलरबाट सिमेन्ट खरिद गर्दा स्क्रयाच कूपन पाइने भएकाले सबै खरिद कर्तालाई स्क्यारच् कूपन दिइने हंस हार्डवेयरका संचालक आनन्द महासेठले बताए ।
शक्ति र पैसा भएपछि देशमा विद्यमान कानुनलाई समेत हातमा लिई केही कम्पनीहरुले गुणस्तरहिन बस्तुको उत्पादन गरी उपभोक्तालाई ठगी गर्दा समेत सरकारले कारबाही गर्न सकेको छैन । पटकपटकको चेक जाँचबाट गुणस्तहिनत बस्तु उत्पादन गरी बिक्री वितरण गरेको भन्दै सरकारी निकायबाटै कारबाहीको माग गरिदाँपनि कारबाही नहुदाँ उपभोक्ताहरु गुणस्तहिन सिमेन्ट खरिद गर्नु परेको छ । सरकारी ऐन कानुनले समेत नछुने कम्पनी हो शिबम् सिमेन्ट र चौधरी ग्रुप ।
स्वदेशी सिमेन्ट उत्पादन भन्दै सरकारसंग सहुलियत लिदै गुणस्तहिन भएको पाईएको छ । पटक पटक सरकारी नियकाबाट गुणस्तहिन भनी प्रमाणित भएपनि कारबाहीका लागि सम्बन्धित निकाय समक्ष सिफारीस हुदै आएको शिवम् सिमेन्ट पछिल्लो समयमा समेत गुणस्तरमा सुधार नगरेको पाईएको छ ।
यसैक्रममा सो सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट गुणस्तरहिन भएको भन्दै गुणस्तर तथा नापतौल विभागले पत्र पठाई कारबाहीको प्रकृया अगाडि बढाएको छ । ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको पाईएको छ । विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग अन्तरगतको शिबम् सिमेन्ट (नवलपरासी) बाट उत्पादित भएको सो सिमेन्टमा म्याग्नेसियम अधिकतम देखिएको जनाएको छ ।
विभागले अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहिन भएको देखिएको विभागका प्रवक्ता उपनिर्देशक रोमी मानन्धरले जानकारी दिईन् । उपनिर्देशक मानन्धरले भनिन्,‘पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तर मानिँदैन ।’ विभागले म्याग्नेसियम बढी भएको सिमेन्ट उद्योगलाई कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचार गरेको जनाएको छ । कम म्याग्नेसियम उत्यादन नगर्ने सिमेन्ट उद्योगको इजाजतपत्र खारेज गर्ने तयारीमा विभाग लागि परेको छ ।


यसअघि लगानीकर्ताहरुलाई मुर्ख बनाउन कम्पनीहरुले प्राथमिक शेयर बिक्री गर्ने र प्रिमियम थपेर लगानीकर्ताबाट पैसा थुत्ने क्रममा नयाँ श्रृंखलामा शिवम सिमेन्ट नामको कम्पनीबाट ठगीधन्दाको कार्य सुरु भएको थियो । एकातर्फ गुणस्तहिन सिमेन्ट उत्पादन गर्दै आएको छ भने अर्कोतर्फ सेयरको नाममा ठगीधन्दा चलाएको आरोप सो कम्पनीमाथी लागेको थियो ।
पटकपटक गुणस्तरहीत सामान उत्पादन गरेको भन्दै सरकारको सम्बधित निकायबाट कारवाहीमा समेत परि सकेको सो उद्योगबाट पछिल्लो पटक बजारमा पठाएको सिमेन्ट पुनः गुणस्तहिन भेटिएको विभागले जनाएको छ । गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै अन्य पाँच सिमेन्टलाई समेत कारबाही थालिएको हो । कारवाहीका लागि पत्र काटिएका उद्योगहरुमा होङ्सी सिमेन्ट (शिवम सिमेन्ट), सगरमाथा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सुभश्री जगदम्बा सिमेन्ट र गोरखकाली सिमेन्ट रहेका छन् । सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी भएको भन्दै यी सिमेन्ट उद्योगमाथि कारवाहीको प्रक्रिया सुरु गरिएको हो ।
विभागले सरकारी मापदण्ड भन्दा कम गुणस्तरको समान उत्पादन गरेको भन्दै कारबाही गरेको थियो । तत्कालिन समयमा विभागले सबैभन्दा बढी सिमेन्ट र डण्डी उद्योगमाथी कारबाही गरेको थियो । जसमा शिवम सिमेन्ट गुणस्तरहिन उत्पादनको पहिलो नम्बरमा पर्ने कम्पनीका रुपमा रहेको छ । कम गुणस्तरको सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएको अभियोगमा सो कम्पनीलाई कारबाही गरेपनि कुनै पनि सुधार नगरेको ठहर विभागको रहेको छ ।
आफ्नै ढुङ्गाखानी रहेको दावी गरेर प्रचारवाजी गरी ग्राहकलाई भ्रममा पार्दै आएको शिवम् सिमन्ट उद्योगका कर्तुतहरु एकपछि अर्को गरी बाहिर आउने क्रम जारी समेत रहेको छ । ५० किलो बोरामा ४८ किलो मात्र सिमेन्ट रहेको त कहिले नजम्ने सिमेन्ट उत्पादन गरेको विषयमा विवादीत सो कम्पनीबाट उत्पादीत शिवम् सिमन्टले सिमेन्ट बनाऊने किल्ङकर भारतबाट ल्याउने गरेको छ । भारतबाट कमसल कच्चा पदार्थ ल्याई नेपालमै उत्पादन गरेको भनी ग्राहकलाई झुक्याउने शिवमको भ्रमपूर्ण बजार नीतिका कारण उपभोक्ताहरुले दुःख पाइरहेका छन् ।
विभिन्न स्किम, उपहार र अधिक प्रचार प्रसारका कारण शिवम् सिमेन्ट जर्वजस्त ढंगबाट परिचित व्राण्ड सिमेन्ट बनेको आरोप समेत लाग्दै आएको छ । तर, पछिल्ला केहि घटनाहरुले यि दुवै वस्तुप्रति शंका उब्जाएको छ । ‘क्वालिटीको मामलामा नो कम्परमाइज’ यो नारा शिवम् सिमेन्टको हो । उसले करोडौ रुपैयाँ विज्ञापन र वजार प्रवद्र्धनमा खर्च गरेको पाईन्छ । तर, उसकै उत्पादनमा कमजोरी भेटिएको छ ।
तीन वर्षअघि गएको भूकम्पबाट घरविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै सिमेन्ट कम्पनीहरुबाट समेत कमशल सामानको उत्पादन गरेर उपभोक्तालाई ठग्ने कार्य बढ्दो रहेको छ । उपभोक्ता ठगी गर्ने कार्यमा पनि नयाँ–नयाँ तरिका उद्योग र व्यापारीले अपनाएको भेटिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागद्वारा केही महिनाअघि गरिएको अनुगमनका क्रममा व्यापारीले सिमेन्टमा व्यापक ठगी गर्ने गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सो प्रतिवेदनका आधारमा कारबाही नहुँदा ठगी कार्यमा समेत तीव्रता आएको हो । विभागको अनुगमन टोलीले राजधानी लगायत देशका विभिन्न स्थानमा गरेको अनुगमनबाट व्यापारीहरुले सिमेन्टमा ठगी गर्ने गरेको पाइएको ठहर गरी प्रतिवेदन तयार गरेको थियो । सोहीअनुसार शिवम् सिमन्टले ५० किलोग्राम हुनुपर्ने बोरामा ८ किलो कम तौल राखेर बिक्री गरेको भेटिएको थियो ।
उपभोक्ताहरुलाई लोभ देखाउँदै विभिन्न उपहारहरु दिने घोषणा गरेर बजारमा आएका सो सिमेन्ट खरिद गर्ने उपभोक्ता सुरुका दिनदेखि नै ठगिँदै आएको गुनासो समेत उपभोक्ताहरु रहेको छ । गोयल समूहद्वारा उत्पादित शिवम् सिमेन्ट खरिद गर्नेहरु यसरी ठगिनुपरेको हो । विभागले गरेको अनुगमनपछि शिवम् सिमेन्टको ठगी धन्दा बाहिर आएको हो । उता सो उद्योगको व्यवस्थापनले भने डिलर र बिक्रेताले यस्तो चोरी धन्दा गरेको आरोप लगाउँदै आएको छ ।

यो समाचार पनि हेर्नु होस्

होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट गुणस्तरहीन, खरिद–विक्रीमा रोक

तपाईको प्रतिक्रिया