दिवगंत पितृलाई पिण्ड चढाउँदै जितिया पर्वको समापन
उदयपुर / आज सोमबार थारु समुदायको महान पर्व जितियाको समापन गरिदैछ । जितिया सूर्यको छोरा जितमहान भगवानको पूजाअर्चना गरी समापन गरिँदैछ । ब्रतालु महिलाहरुले नदी या तलाउमा स्नान गरी खली र तेल चढाई सूर्यलाई अर्घ अर्पण गरि दिनभर रमाईलो र मिठो मसिनो खाएर यो पर्वको समापन गरिदैछ ।
हिन्दु नारीहरुले मनाउने हरितालिका तीजसँग मिल्दो जुल्दो चाड जितिया पर्व हो । शनिबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात र...












