उदयपुर / आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । कारखाना मजदुरहरुलाई आजका दिन बिदा पनि दिने चलन छ ।
आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । हिन्दुहरुले विश्वकर्मा पूजा विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर मनाउने गरेका छन् । विश्वकर्मा पुजाको दिन कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा गरि मनाउने चलन छ । विश्वकर्मा पुजाका दिन आफ्नो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास रहिआएको छ ।
यस्तै निर्माण मजदुर, इलेक्ट्रिकल पसल, छापा खाना, मोटर साइकल ग्यारेज, बस ग्यारेज, टेम्पो ग्यारेज, रिक्सा तथा साइकल मर्मत केन्द्र लगायतले समेत औजारहरुको पुजाआजा गरि विश्वकर्मा पुजा गर्ने चलन छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको किबदन्ती रहेको छ ।
विश्वकर्मा पुजाको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । निजी तथा सार्वजनिक सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाई मनाएको थियो । गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजाआजा गर्ने चलन छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ ।
यस अवसरमा कसै कसैले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । पूजा गरिएको मूर्तिलाई पुजाको भोलिपल्ट नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ ।









