
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु तथा मधेशीहरुको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यसमितिको बसेको बैठकले असोज ५ गते एक दिन बिदा दिने निर्णय गरेको हो ।
थारु तथा मधेशी समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता तथा नगर कार्यसमिति सदस्य केदार दनुवारले बताए ।
नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने प्रवक्ता दनुवारले जानकारी दिए । खस आर्य समुदायले तिज जस्तै थारु समुदाय जितियाको जितिया पर्वलाई लिइने गरिन्छ । त्रियुगा नगरक्षेत्र भित्र थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्व हुँदा सार्वजनिक विदा दिने निर्णय गरिएको प्रवक्ता दनुवारले जानकारी दिए ।
यस्तै प्रदेश र संघ सरकारको माताहतमा रहने कार्यालय भने विदा नहुने भएको प्रदेश सरकारका एक कर्मचारीले जानकारी दिए ।









