उदयपुरमा एकै पटक २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ९६ पुग्यो
उदयपुर । उदयपुरको त्रियुगा र कटारी नगरपालिका सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकामा ५ महिला र ५ पुरुष, कटारी नगरपालिकामा ५ महिला र ८ पुरुष गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
उदयपुर जिल्लाको हकमा अहिलेसम्म कै सवै भन्दा बढी कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्...








