उदयपुर । उदयपुरको सदरमुकाम स्थित जिल्ला अस्पताल बोक्सेका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि आइतबारबाट इमरजेन्सी र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं. १ विराटनगरबाट प्राप्त पिसिआर रिर्पोट अनुसार जिल्ला अस्पतालका ४८ वर्षिष पुरुष रेडियोग्राफीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक र प्रसूति सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट जीव नारायण मण्डलले बताए ।जिल्ला अस्पतालका नि.मे.सु. मण्डलका अनुसार स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टी भएकोले थप जोखिम बढ्न नदिन तथा सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी ईण्डोर सेवा, ओ.पि.डी., ल्याब, एक्सरे सेवा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म सेवा बन्द गरिएको बताए । उनका अनुसार यस अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको स्वाव संकलनको रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सी र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने छन् ।
हालसम्म उदयपुरमा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

तपाईको प्रतिक्रिया