कटारी गराँसका युवाहरुले देउसी खेलेर उठेको ६० हजार बढी रकम सियोनालाई बचाउँन सहयोग

कटारी गराँसका युवाहरुले देउसी खेलेर उठेको ६० हजार बढी रकम सियोनालाई बचाउँन सहयोग
उदयपुर । कटारी नगरपालिका २ गराँसका युवाहरुले देउसी खेलेर उठेको रकम रोगसँग लडिरहेकी बालिका सियोना श्रेष्ठलाई सहयोग गरेका छन् ।बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने भएपछि उनको परिवारले सबैसँग सहयोग याचना गरेको छ । Fireflie...

उदयपुरका कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

उदयपुरका कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु
उदयपुर । उदयपुरका एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ३ बस्ने ३२ वर्षिय महिलाको आइतबार साँझ ६ बजेर ३० मिनेटमा उपचारको क्रममा म्याक्स अस्पताल विराटनगरमा मृत्यु भएको हो । थाइराइटका विरामी समेत रहेकी उनको कुनै सन्तान थिएनन । सन्तान नभएपछि राजश्वला नियमित गराउनका लागि ओरियन्टल हर्वल आयुर्वेदिक औषधि सेवन गरिरहेकी थिईन् । जसले रक्तश्राव दैनिकी रुपमा जाँदै गर्दा उनी कमजोर हुँ...

डिभाईन हेल्थ केयर अस्पताल विना दर्ता संचालन

डिभाईन हेल्थ केयर अस्पताल विना दर्ता संचालन
लहान । सिरहाको लहान नगरपालिका ३ स्थित डिभाइन हेल्थ केयर अस्पतालमा मृत्यु भएको सुत्केरी महिलाको आफन्तले अस्पताल र संचालक डा. चन्द्रशेखर यादव विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएका छन । सो अस्पताल विगत ३ वर्ष देखि विना दर्ता नै नियम विपरीत संचालनमा रहेको तथ्य बाहिरिएको छ ।यस अस्पतालमा पटक पटक सुत्केरीको मृत्यु भएपनि अस्पतालको नियमन गर्ने आधिकारिक निकाय स्थानीय लहान नगरपालिका समेत नियमन गरी कार्वाहीको...

लहानको डिभाईन हेल्थ केयर अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु

लहानको डिभाईन हेल्थ केयर अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका ३ लहान स्थित डिभाईन हेल्थ केयर अस्पतालको चरम लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको सुखिपुर नगरपालिका ९ बैशखाका प्रमोद साहको २७ वर्षिय श्रीमती आरती साहको शनिबार राति सुत्केरी गराउन शल्यक्रिया गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।गर्भवती महिलालाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो । राति शल्यक्रिया गर...

सनराइज युथ सञ्जालको सहयोगमा सिंहको कानको अप्रेशन

सनराइज युथ सञ्जालको सहयोगमा सिंहको कानको अप्रेशन
राजेन्द्र महतो, लहान । सिरहाको धनगढी माई नगरपालिका ८ को विजय कुमार सिंहलाई हेल्प मधेशी, विष्मिल्लाह सेवा समाज दोहा कत्तारको आर्थिक सहयोगमा सनराइज युवा सञजल सिरहाले सिंहको कानमा भएको घाउको अप्रेसन गरार्इ दिएका छन् । कान पिडित विजय कुमार सिंहको घर परिवारमा कोहि पनि छैन। ऊनी कहिले बाटोमा त कहिले जहाँ काम गर्थे त्यही घर मालिकको घरमा गुजरा गर्दै जीवन बिताइरहेका थिए । अचानक उनको कानमा घाउ भयो र पैसाको...

कोरोना संक्रमणबाट दुई वरिष्ठ चिकित्सकको मृत्यु

कोरोना संक्रमणबाट दुई वरिष्ठ चिकित्सकको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण दुई वरिष्ठ चिकित्सकहरुको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डाक्टर नारायणबहादुर थापाको मृत्यु भएको जानकारी दिएको छ ।कोरोना भाइरस संक्रमणका कारण झाको सोमबार र थापाको आ...

चौदण्डीगढी नगरपालिकाका उपमेयर सहित ३ जनामा कोरोना

चौदण्डीगढी नगरपालिकाका उपमेयर सहित ३ जनामा कोरोना
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका उपमेयर सहित ३ जनामा कोरोना पुष्टि भएको छ । शनिबार २ जना फ्लोअप सहित १० जनाको स्वाब संकलन गरी नोवेल मेडिकल कलेज विराटनगर पठाएकोमा उपमेयर रिता कुमारी चौधरी सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेहरुमा ३५ वर्षिय उपमेयर रिताकुमारी चौधरी, ३५ वर्षिय उपमेयरका चालक र एक १८ वर्षिय युवक पनि कोरोना संक्रमण पुष्टि भएको चौदण्डीगढी नगरपालिका स्वास...

एकै दिन उदयपुरका दुई कोरोना संक्रमितको मृत्यु

एकै दिन उदयपुरका दुई कोरोना संक्रमितको मृत्यु
उदयपुर । उदयपुरका दुई कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका २ का ४२ वर्षिय पुरुष र त्रियुगा नगरपालिका ४ सालघारीका २१ वर्षिय पुरुष रहेका छन् । उच्च ज्वरो आएपछि उनी गत कात्तिक १४ गते चेकजाँचको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । निमुनियाले ग्रासित उनलाई कात्तिक १६ गते कोरोना संक्र...

उदयपुरका कोरोना संक्रमित युवकको मृत्यु

उदयपुरका कोरोना संक्रमित युवकको मृत्यु
उदयपुर । उदयपुरका एक कोरोना संक्रमित युवकको मंगलबार विहान मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ सालघारी बगहाका २१ वर्षिय युवकको उपचारको क्रममा नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । केही दिन अघि स्वासप्रश्वासमा समस्या भएपछि घरमै बेहोस भएका युवकको उपचारको लागि नोवेल हस्पिटल भर्ना गरिएको थियो । कोरोना संक्रमणले समस्या भएपछि उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको र उपचारको क्रममा ती युवकको मृ...

उदयपुर गाईघाटकी कोरोना संक्रमित महिलाको मृत्यु

उदयपुर गाईघाटकी कोरोना संक्रमित महिलाको मृत्यु
उदयपुर । उदयपुरकी एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान ६ बजे मृत्यु भएको हो । पारिवारिक श्रोतका अनुसार महिला लामो समयदेखि दिर्घरोगी रहेको बुझिएको छ । यस्...