उदयपुर । उदयपुरकी एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान ६ बजे मृत्यु भएको हो ।

पारिवारिक श्रोतका अनुसार महिला लामो समयदेखि दिर्घरोगी रहेको बुझिएको छ । यस्तै मृतकका श्रीमान पनि कोरोना संक्रमित भएर विराटनगरमै उपचारको क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया