जडिबुटी प्रशोधन केन्द्रमा आगलागी रहस्यमय, घटनालाई सुक्ष्म ढंगबाट अनुसन्धान शुरु (तस्विर सहित)
उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका ७ मुर्कुची बजारस्थित थापा जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार साँझ भएको आगलागी घटनालाई प्रहरीले रहस्यमय रहेको जनाएको छ ।
विगत १५ दिन यता बजार आसपासका क्षेत्रमा श्रृखलाबद्ध आग्जनीका घटनाहरु घटेसँगै प्रहरीले घटनालाई सुक्ष्म अनुसन्धान सुरु गरेको हो । ‘दैनिकजसो वंगुरका खोर, मतान, परालमा आगलागीका घटनाहरु घटेको स्थानीयबाट जानकारी आएको छ,’ घटनास्थल पुगेका जिल्ला प्रहर...












