ट्रान्सफर्मर जल्दा २ हजार घर अन्धाकारमा बस्न बाध्य
उदयपुर । त्रियुगा नगरपालिका ९ राजाबासमा ट्रान्सफर्मर जल्दा चार दिन देखि २ हजार घर विद्युत् सेवाबाट वञ्चित भएका छन् । विद्युतको ट्रान्सफर्मर जल्दा नवउ दयटोल, चौकरीवारी, पाखाटोल र सखुवनी लगायत गाउँका २ हजार घर अध्यारोमा बस्न बाध्य भएका छन् ।
विजुली अवरुद्ध भएपछि खाद्यन्न मिल र सामुदायिक रेडियो नै बन्द भएको छ । गर्मी मौसममा चार दिनदेखि गाउँलेहरु गार्मी सहनु परेको छ भने अन्धकारमा बस्न बाध्य भएको ...












