चिनियाँ ह्याकरहरुले लुटे डेढ करोड नेपालीको रुपैया
काठमाडौं। नक्कली एटीएम कार्डको प्रयोग गरी विभिन्न बैंकको करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परीसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
शनिबार राजधानीको दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथमा विदेशी जस्तो देखिने एक व्यक्तिले शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीसम्म...













