उदयपुर / उदयपुरको गाईघाटमा १० दिने ‘दशैँ तिहार महोत्सव–२०७६’ संचालन हुने भएको छ । सदरमुकाम गाईघाटमा आगामी असोज १ गतेबाट १० गतेसम्म महोत्सव संचालन हुने भएको हो ।
किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा विभिन्न संघ सस्थाहरुको सहयोगमा हुन लागेको महोत्सव अन्य महोत्सव भन्दा फरक हो । अन्य महोत्वस भन्दा फरक तरिकाले गर्न लागेको महोत्सवको १० बुदे अवधारणा पत्रसमेत विहिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो ।
नेपालको चर्चित कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने कार्ययोजना रहेको छ । मेला महोत्सवले विकृति तथा विसंगती फैलाएको र समाजलाई रुपान्तरण गर्नका लागि यस महोत्सवले ठूलो भूमिका खेल्ने आशाको साथ महोत्सवको आयोजना गरेको मुल आयोजक समितिले जनाएको छ । मोत्सव विहान ११ बजेबाट सुरु भई साँझ ७ बजे सकिने गरि संचालन हुने मुल आयोजकका संयोजक सरोज श्रेष्ठले बताए ।
राती महोत्सव गर्दा सुरक्षाको समस्या र चेलिबेटी दाजु भाईहरु अवेरसम्म घर बाहिर हुने भएकाले यसलाई मध्ये नजर गर्दै दिनमा लाग्ने महोत्सवको आयोजना गरेको संयोजक श्रेष्ठले बताए । महोत्सवमा परिचय पत्रसहित ४० र अन्यलाई ६० रुपैयाको टिक निर्धारण गरिएको उनले बताए ।
लागु पदार्थ दुव्र्यसनलाई निर्मुल पार्न स्कुल स्तरीय सडक नाटक प्रदर्शनी, पर्यावरणीय मैत्री, स्थानिय उत्पादनलाई विशेषता दिने, नेपाल भ्रमण वर्षको लागि प्रचार प्रसारमा विशेषता, मादक पदार्थ र जुवा जन्य वस्तु निषेधित, दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने अवधारणा पत्रमा उल्लेख गरिएको छ ।
अग्रज श्रष्टाको सम्मान तथा नयाँ पुस्तासँग चिनाउदै अभिनन्दन गर्ने, स्थानिय कलाकारलाई विशेष प्राथमिकत दिदै अडिसन गराउने, अडिसनमा उत्कृष्ट हुनेमा प्रथमलाई एउटा म्युजिक भिडियोको अवसर तथा नगद १५ हजार र द्धितियलाई एउटा गित रेकर्ड गर्ने अवसर तथा नगद १५ हजारले पुरस्कृत गर्ने अवधारणा पत्रमा उल्ले गरिएको छ ।
महोत्सव सफल बनाउनका लागि सवै पक्षको साथ सहयोग र महत्वपूर्ण भुमिका रहेन भएकाले सवैको साथ र सहयोगको अपेक्षा गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया