
उदयपुर । त्रियुगा नगरपालिका ९ राजाबासमा ट्रान्सफर्मर जल्दा चार दिन देखि २ हजार घर विद्युत् सेवाबाट वञ्चित भएका छन् । विद्युतको ट्रान्सफर्मर जल्दा नवउ दयटोल, चौकरीवारी, पाखाटोल र सखुवनी लगायत गाउँका २ हजार घर अध्यारोमा बस्न बाध्य भएका छन् ।
विजुली अवरुद्ध भएपछि खाद्यन्न मिल र सामुदायिक रेडियो नै बन्द भएको छ । गर्मी मौसममा चार दिनदेखि गाउँलेहरु गार्मी सहनु परेको छ भने अन्धकारमा बस्न बाध्य भएको स्थानिय भेषराज राउतले बताए । विजुली नहुदा विद्युतिय सामाग्री मोवाइल, टर्च लाइट, रेडियो लगायका उपरकाण चार्ज गर्न नपाएको राउतले वताए । उनका अनुसार मोबाइल चार्ज गर्न छिमेकी वडा चुहाडे र गाईघाट नै पुग्नु परेको छ ।
विधुत् नहुँदा एसईईको पुरक परीक्षा चलिहरको बेला विद्यार्थीहरुले पठनपाठनमा समेत समस्या उत्पन्न भएको छ । यस्तै सुत्केरी आमाहरुलाई पनि समस्या भएको छ । बिजुली वत्ति अबद्ध भएपछि रेडियो उदयपुरको प्रसारण सेवा प्रभावित भएको रेडियो उदयपुरका स्टेस्न म्यानेजर बन्दना दनुवारले बताईन् । विजुली अवरुद्ध भएपछि विद्युतिय सामाग्रीहरु ठप्प भएको छ ।
उता ट्रान्सर्फमर व्याकअप नभएकाले विजुली संचालन गर्न अझै एक हप्ता लाग्ने नेपाल बिधुत प्राधिकरण गाईघाटका इन्जिनियर संजिव कर्णले बताए ।









