७० करोड काण्ड : अडियो सार्वजनिक गर्ने मिश्रको अदालतमा यस्तो प्रतिउत्तर पत्र (पूर्णपाठसहित)
काठमाडौं । तत्कालीन सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सुरक्षण मुद्रण खरिदमा ७० करोड घुस मोलमोलाई गरेको अडियो सार्वजनिक गर्ने विजय मिश्रले मंगलबार जिल्ला अदालत काठमाडौंमा प्रतिउत्तर पत्र पेश गरेका छन्।
सो अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजिनामा दिएका बाँस्कोटाले अडियो सार्वजनिक गरी आफ्नो बेइज्जती गरेको र अनाधिकृत रुपमा अडियो रेकर्ड गरेको, अडियोमा छेडछाड गरेको भन्दै उनीमाथि कारबाही...













