उदयपुर । उदयपुर कटारीका एक व्यवसायीको कम्पनी निरन्तर चौथो पटक उत्कृष्ट करदाता घोषित भएका छन । सदरमुकाम गाईघाटमा रहेको करदाता सेवा कार्यालयले नवौं राष्ट्रिय कर दिवस २०७७ को उपलक्ष्यमा जिल्लाको उत्कृष्ठ करदाताको रुपमा नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालक प्रयास कार्की घोषित हुनु भएका हो ।
कार्कीको कम्पनीले आर्थिक बर्ष ०७५।०७६ मा सबै भन्दा बढी आयकर २६ लाख ३१ हजार कर तिरेको करदाता सेवा कार्यालयले जानकारी दिएको छ । नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रा. लि.ले २०७२।०७३ देखि निरन्तर सबै भन्दा बढि कर तिर्ने कम्पनी हुन ।
कर सप्ताहको अन्तिम दिन आज एक कार्याक्रमको आयोजना गरि उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीमा करदाता सेवा कार्यालयमा कार्यरत नायव सुब्बा टेक बहादुर कार्की हुनु भएको छ ।

स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ करदाता सेवा कार्यालय गाईघाटले विभिन्न कार्यक्रम गरी मनाएको छ । सेवा कार्यालयले साता ब्यापि कार्यक्रम अन्तर्गत मंसिस ३ देखि ६ गते सम्म आर्थिक ऐन २०७७ ले ल्याएका छुट सुविधा तथा स्किमलाई करदाता माझ पुर्याउने उद्धेश्यले स्किम सम्बन्धि ब्रोसर बांड्ने कार्यक्रम गरिएको थियो । त्रियुगा नगरपालिका चौदण्डी नगरपालिका र वेलका नगरपालिका सबै जसो बजार एवं पसलमा ब्रोसर बांड्ने कार्यक्रमको आयोजना गरिएको थियो ।

करदातालाई छूट, प्रोत्साहन दिन विभिन्न नीति र परियोजना सञ्चालन गरेको पाइन्छ । धेरै कर तिर्ने संस्था, व्यवसाय र व्यक्तिलाई कदर गर्ने परिपाटी अनुसार उदयपुरमा करदाता कार्यालयले निरन्तरता दिएको हो । उदयपुरमा आयकर, मुल्य अभिवृद्धिकर, अन्तशुल्क र व्यक्तिगत पान गरि जम्मा ३१ हजार २९ व्यक्ति तथा फर्महरु करको दायरामा आएका छन ।

२०५४ मङ्सिर १ गतेमा मूल्य अभिवृध्दि कर (मूअक) लागू भएको पछि ‘राष्ट्रिय कर दिवस’ २०६७ मंसिर १ बाट मनाउदै आएको हो । समाज सेवा समेत सक्रिय रहेका व्यवसायी कार्कीले उदयपुरका सबै क्रियाशिल पत्रकारहरुको कोरोना बिमा समेत गरिदिनु भएको छ ।

तपाईको प्रतिक्रिया