अस्पतालमा जनताका लागि अक्सिजन किन्ने बजेट छैन : सांसद र पिएलाई दसैँ भत्ता वितरण
काठमाडौं । सांसदहरूले मासिक तलब मात्र होइन, घरभाडा, पानी तथा बिजुली, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका र पिए खर्च नियमित रूपमा पाउँछन् । त्यस्तै, योबीचमा बैठकभत्ता, भ्रमणभत्ता, औषधि खर्चलगायतका शीर्षकमा सुविधा छोडेका छैनन् । कोभिड महामारीका वेला अस्पतालमा बेड थप्न बजेट छैन भनेर सरकारले भन्दा मौन बसेका सांसदले निसंकोच दसैँ भत्ता पनि बुझेका छन् ।
दूरदराजको प्रसंग होइन, देशको जेठो अस्पताल वीर अस्पताल...













