उदयपुर । उदयपुरमा अतिविपन्न एक सय २० मुसहर परिवारलाई राहत सामग्री वितरण गरिएको छ । युएनडिपी, युएनएफपिए, युएनओपिएस र युएन ओमन नेपाल कर्मचारी एशोसिएसनको सहयोग र अमुर्त एफ.एम प्रालिको संयोजनमा उदयपुरका एक सय २० महिला (परिवारलाई) मंगलबार राहात सामाग्री हस्ताणतरण गरिएको छ ।
त्रियुगा नगरपालिका ९ र १२ नं. वडाका गर्भवती, सुत्केरी, एकल महिला, अशक्त, दिर्घरोगी, सा-साना बालबालिका भएका एक सय २० जना परिवारलाई खाद्यन्न सामाग्री तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
ओमेन इनपावर नेपाल र रेडियो अमुर्त ९१.६ मेघाहर्जको आयोजनामा चामल ३० केजीको १ बोरा, दाल ३ केजी, चना २ केजी, तेल ३ लिटर, नून २ पाकेट, चिउरा २ केजी, मस्यौरा पाँच सय ग्राम, साबुन ५ वटा, स्यानिटरी पाड २ पाकेट, टुथपेष्ट १ वटा र टुथब्रस ४ वटाका दरले वितरण गरिएको थियो ।
कोरोना महामारीको मारमा परेका सदा समुदायका विशेष गरी गर्भवती, साना बालबालिका भएका र दिर्घ रोगी र एकल महिलाहरुलाई लक्षित गरि राहात सामाग्री वितरण गरिएको अमुर्त एफ.एम ९१.६ मेघाहर्जका अध्यक्ष नविन राईले बताए । राहत कार्यक्रम एक परिवारका एक जनाले मात्र राहत पाएका थिए ।
राहत वितरण कार्यक्रममा त्रियुगा नगरपालिका ९ नं. वडाध्यक्ष धन बहादुर दनुवार, १२ नं. वडाध्यक्ष जय विक्रम राईइ, वडाका जनप्रतिनिधि, पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष श्याम राई, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङ लगायतको उपस्थितिमा राहात सामग्री वितरण गरिएको थियो ।
राहात वितरण कार्यक्रम प्रदेश नम्बर २ को सप्तरी जिल्लाका ४० परिवरलाई पनि केही दिनमा वितरण गर्ने कार्यक्रम रहेको अमूर्त एफएमका अध्यक्ष राईले जानकारी दिए ।






















