आगलागीमा जल्यो नगरपालिकाको मोटर साइकल
खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मोटर साइकल आगलागीमा जलेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मी बस्ने जय प्रसाद तामाङको घरमा विहिबार आगलागी हुँदा नगरपालिकाको मोटर साइकल सहित अन्दाजी २० लाख ९ सय ५० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
बिहीवार विहान ४ बजे अचानक भएको आगलागीबाट तामाङको ढुङगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्त...











