उदयपुर, नेपाल निर्माण व्यवसायी संघ उदयपुरको अधिवेशन आजदेखी सुरु हुने भएको छ । अधिवेसनले २ वर्षका लागी नयाँ कार्यसमिती चयन गर्ने छ । नेपाल निर्माण व्यवसायी संघको ७ औं अधिवेशन र ९ औं साधारण सभा सत्रको उद्घाटन संघका केन्द्रिय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम तय भएको छ । कार्यक्रम होटल ओल्ड दरवार रातमाटेमा हुने छ ।
यस्तै अध्यक्ष पदका लागि कौशल आचार्य र प्रेम तिमसिनाको भिडन्त हुने एक निर्माण व्यवसायीले जानकारी दिए । उनका अनुसार आचार्य र तिमसिना सहमतिमा नआए चुनावी दौडमै जाने देखिएको बताए । उनका अनुसार अहिलेसम्म १ सय २४ जनाको दर्ता तथा नविकरण भएको छ । यो संख्या १ सय ३० सम्म पुग्ने अनुमान गरिएको छ । आचार्य निर्माण व्यवसायीमा लोकप्रिय रहेकाले उहाँले जित्ने सम्भावना बढी रहेको देखिएको बताए । उनले भने, ‘तिमसिनालाई कतिपय निर्माण व्यवसायीले समेत नचिन्ने भएपछि उहाँले चुनाव जित्न मुस्किल पर्ने जस्तो देखिन्छ ।’









