राजेन्द्र महतो, लहान । सिरहाको लहान क्षेत्र असुरक्षित बन्दै गएको छ । लहान क्षेत्रबाट करिब १ महिनाको अवधिमा ७ जना बालक बेपत्ता भएका छन् । बेपत्ता भएका ७ जनामध्ये दुई जनालाई भारतको विहारमा हत्या गरिएको तथ्य सार्वजनिक भएको छ ।
नवराजपुर गाउँपालिका २ स्थित मझौरा बस्ने सुरेन्द्र यादवका ११ बर्षीय छोरा आसुतोषकुमार यादव यहि फागुन १० गतेदेखि बेपत्ता भएका छन् । लिट्टिल स्टार बोर्डिङ स्कूलमा पढ्दै आएका बालक विहान ६ बजे ट्युशन पढ्न गएपछि घर फिर्ता नआएको उनका काका शैलेन्द्रप्रसाद यादव बताउँछन् । भतिजा अध्ययनरत विद्यालय नजिक लहान ६ मा आमा बुबासँगै भाडामा बस्दै आएका थिए । भाडामा सो घरमा अन्य ६ जना विद्यार्थी बस्दै आएको छ । उनले भने, ‘घरपरिवारसँग कहिले विवाद नगरिने यो भतिजा साह्रे भलादमी हुन् । कसरी बेपत्ता भए मलाई पनि अच्चम लाग्छ ।’
अर्का बालक मनकामना सेकेण्ड्री इंलिस बोर्डिङ स्कूल लहान ८ को होस्टलमा बस्दै आएका एक बालक बेपत्ता भएका छन् । होस्टल बस्दै आएका सप्तरीको बलान विहुल २ घर भएका सन्तोष साहका १४ बर्षीय छोरा लिलाकान्त साह घरको लागि निस्किएको अवस्थामा बालक वेपत्ता भएको छ । होस्टलमा रहेका बालकलाई उनका अभिभावकले माघ २७ गते सरस्वती पूजाका दिन मनकामना बोर्डिङ स्कूलको होस्टलमा खोज्न पुग्दा त्यहाँका एक शिक्षिकाले भने तपाईँको छोरा यहाँ छैन । ७÷८ दिन पहिले नै तपाईको छोरा यहाँबाट निस्किएको जानकारी दिए । उनका बुबा सन्तोष साहले भने, ‘मेरो छोरा विद्यालयको होस्टलबाट नै बेपत्ता भएको हो ।’ यता, बोर्डिङ स्कूलका सञ्चालक बद्रीनारायण चौधरीले, ‘उनको छोरा घर जानको लागि निस्किएको अवस्थामा बेपत्ता भएको हो । हामी पनि खोजिरहेको हो ।’
यस्तै एक महिनाको अवधिमा सखुवानन्कारकट्टी निवासी तीन बालक वेपत्ता भएका छन् । यसमा दुई जनाको नाम सन्तोष नै रहेको छ भने एक जनाको नाम सार्वजनिक भएको छैन । विगत केही दिनदेखि बेपत्ता रहेका सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो ।
यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो । लहानक्षेत्रमा यत्तिबेला विद्यालयको लापरवाही, अभिभावकको निगरानी अभाव, लैगिंक आत्मियता, लागुऔषध सेवन गर्ने साथीसँगतको प्रभाव, घरायसी विवाद, अपराधी क्रियाकलाप, भड्किलो लवाईखवाईको कारण यस्ता घटना भईरहेको स्थानीय वुद्धिजिवीहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया