सुनसरी, धरान उपमहानगरपालिका ६ पानबारी चोक्टीबाट विभिन्न आधुनिक हतियार सहित मोरङ केराबारी गाउँपालिका १० बाहुनी बस्ने ४२ वर्षीय देवकुमार लिम्बु (संगीत) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पानबारी सुनसरीबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन जाँच गर्ने क्रममा धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे.५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा नरोकी भागेपछि प्रहरीले तत्कालै पिछा गर्दै जाँदा उक्त हतियार फेला परेको थियो । उनले मोटरसाइकलमा लुकाई राखेको एलएमजी १ नाल, त्यसको बाइपोर्ट १ थान, एलएमजी म्याग्जीन २ थान, एएम १६–एटु राईफल १ नाल, त्यसको म्याग्जीन १ थान फेला परेको प्रहरीले जानकारी दिए । खान तलासीको क्रममा मोटरसाईकलमा चामलको बोराभित्र पलाईको बाकस र सो बाकसभित्र कपडाको तन्नाले बेरी लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धन भइरहेको छ ।









