उदयपुर । उदयपुरमा शिक्षकद्वारा एक १० वर्षिय बालिका बलात्कार भएकी छिन । कटारी नगरपालिका ८ जनप्रिय नि.मा.बि. सिरिसेका अस्थाई शिक्षक बर्ष २८ को बिनोद लोहनिले पढाउने बहाना गरी निजको घरको कोठामा पसी जबरजस्ती करणी गरेको अारोपमा पक्राउ परेको छ ।
चितवन कठार न.पा. ४ घर भई हाल कटारी न.पा. ८ जनप्रिय नि.मा.बि. सिरिसेका शिक्षक बिनोद लोहनीले पढाउने बहानामा बालिकाको घरको कोठामा पसी जबरजस्ती करणी गरेको थियो ।
अस्थाई चेक प्वाईन्ट बेतिनीले शिक्षक लोहनीलाई नियन्त्रणमा लिएको, पिडित बालिकालाई उपचारको लागी कटारी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।









