प्रहरीद्धरा अबैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट

प्रहरीद्धरा अबैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट
राजेन्द्र महतो, लहान । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी टोलिले मंगलबार विष्णुपुर गाउँपालिका  १ का नागे साह र अर्नामा गाउँपालिका २ को मिथलेस साह कलवारको घरबाट करिव ३० लिटर तयारी अबस्थामा रहेको घरेलु मदिरा तथा ४ हजार लिटर कच्चा पदार्थ नष्ट गरेका छन। प्रहरीले सो क्षेत्रबाट मदिरा बनाउन प्रयोग हुने सख्खर १ सय ५० केजी, कच्चा पदार्थ राख्ने डरम १६ थान र मदिरा बनाउन प्रयोग हुन् यन्त्र २ थान स...

माझि समुदायकोे कोशी पुजा धुमधामका साथ सम्पन्न (फोटो फिचर)

माझि समुदायकोे कोशी पुजा धुमधामका साथ सम्पन्न (फोटो फिचर)
उदयपुर ,डि.एन चौधरी । माझी समुदायले आज धुमधामका साथ कोशी पुजा सम्पन्न गरेको छ । आफना परम्परागत पेशाको संरक्षणकालागी उदयपुरका माझि समुदायले पनि त्रियुगा नदिको किनारमा  कोशी पुजा समपन्न गरेको छ । माझी समुदायको सस्कार पर्वहरुको प्रबर्धन गारौँ भन्ने नारा संगै नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति उदयपुरको आयोजनामा बिबिध सास्कृतिक कार्यक्रम संगै कोशी पुजा मनाएका छन् । प्रत्येक साल फागुनको तेस...

उदयपुरमा विद्यालय बन्दले ५२ हजार विद्यार्थीको पठनपाठन प्रभावित

उदयपुरमा विद्यालय बन्दले ५२ हजार विद्यार्थीको पठनपाठन प्रभावित
उदयपुर । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको बन्दले उदयपुरमा ५२ हजार विद्यार्थीहरुको पठन पाठन प्रभावित भएका छन् । विद्यालय बन्दले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएका अवस्थामा उदयपुरका आट वटै तहमा गरी समुदायिक विद्यालयका ५२ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप ...

आगलागीमा छोरीको मृत्यु, आमा गम्भीर घाइते

आगलागीमा छोरीको मृत्यु, आमा गम्भीर घाइते
तेह्रथुम,  तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङमा आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आज बिहान राममाया कार्कीको घरमा आगलागी हुँदा उनकी २० वर्षीया छोरी सम्झना कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, आज बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी भएको हो । आगलागीमा राममाया गम्भीर घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धरानस्...

उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा श्रेष्ठ पक्राउ

उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा श्रेष्ठ पक्राउ
उदयपुर । उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका १ का स्थानीय १४ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका २५ वर्षिय मिन कुमार श्रेष्ठ पक्राउ परेका छन् । फागुन १७ गते अन्दाजी राति ७ बजेको समयमा श्रेष्ठले बालिका कै घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको पीडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेका हुन् । पीडितका आफन्तले २० गते प्रहर...

दोस्रो उपमेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न

दोस्रो उपमेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न
उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दुरपुर सिवाईमा भएको दोस्रो उपमेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिताको मेन्स डवल ओपन तर्फको विजेता सुनसरीका भजन चौधरी र श्रवण चौधरीको जोडी भएका हुन् । उनीहरुको जोडीले विनय चौधरी र जोन जसराजको जोडीलाई हराउँदै उपाधि चुमेका हुन् । यस्तै भेट्रान्स डवल ओपन तर्फ धनकुटाका योगेश्वर श्रेष्ठ र किरन प्रधानको जोडीले उदयपुरका बल बह...

विद्यार्थी नेपाली गाउँछन् भारतीय राष्ट्रिय गान

विद्यार्थी नेपाली गाउँछन् भारतीय राष्ट्रिय गान
काठमाडौँ । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो । गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन । जसका कारण ठाडी क्षेत्रका ६ सयभन्दा धेरै नेपाली विद्यार्थी भारतीय लौकाहा बजार क्षेत्रमा पर्ने भारतीय विद्यालयमा पढ्न बाध्य छन् । स्थानीय जमुवा, बिसौल, कल्याणप...

उदयपुरगढीमा नेपाली सेनाले मनाए सेना दिवस (फोटो फिचर)

उदयपुरगढीमा नेपाली सेनाले मनाए सेना दिवस (फोटो फिचर)
उदयपुर, पूर्वी नेपालकै चर्चित उदयपुरगढीमा नेपाली सेनाले झण्डा गाडेर सेना दिवस मनाएको छ । हिन्दुहरूको महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा उदयपुरगढी गाउँपालिकाको सहयोगमा सोमबार राष्ट्रिय झण्डा गाडेर सेना दिवस मनाएको हो । पृथ्वीनारायण शाहले नेपाल एककीकरण गर्दाको अभियानमा उदयपुरगढी राज्य कब्जा गर्दै पूर्व नेपालमा एकीकरण सुरुवात गरेको इतिहाँसत छ । त्यही भएकाले उदयपुरगढीमा सेनाले पहिलो पटक राष्...

वार्षिक परीक्षा आउँदैछ, स्कुल बन्द नगर्न शिक्षकलाई सरकारको आग्रह

वार्षिक परीक्षा आउँदैछ, स्कुल बन्द नगर्न शिक्षकलाई सरकारको आग्रह
काठमाण्डौ – सरकारले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएकाले पठनपाठन प्रभावित गर्ने आन्दोलन नगर्न आग्रह गरेको छ । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति सा...

राहत शिक्षकको आन्दोलनले भोलि देशभरका विद्यालय बन्द (विज्ञप्तिसहित)

राहत शिक्षकको आन्दोलनले भोलि देशभरका विद्यालय बन्द (विज्ञप्तिसहित)
काठमाडौं । अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् । राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप समेत भएको थियो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो । पेशागत स्थायीत्वको माग...