उदयपुर । उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका १ का स्थानीय १४ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका २५ वर्षिय मिन कुमार श्रेष्ठ पक्राउ परेका छन् ।
फागुन १७ गते अन्दाजी राति ७ बजेको समयमा श्रेष्ठले बालिका कै घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको पीडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेका हुन् । पीडितका आफन्तले २० गते प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
उदयपुरमा बलात्कारको अवस्था निकै भयाभह देखिएको छ । पछिल्लो ७ महिनाको अवधिमा २५ जना महिला तथा बालिका बलात्कृत भएको प्रहरीको तथ्याङ्कले देखिन्छ भने १० जनालाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया