पत्रकार महासंघले सुभासचन्द्र नेम्वाङलाई बुझायो १५ बुंदे सुझाव, विधेयक संशोधन गर्ने आश्वासन
काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउस्निसल विधेयक संशोधनको माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई १५ बुंदे सुझावसहितको ध्यानाकर्षणपत्र बुझाएको छ ।
महासंघको १५ बुंदे सुझावसहितको ध्यानाकर्षण पत्र बुझ्दै नेता नेम्वाङले पार्टीका तर्फबाट नै संशोधन प्रस्ताव हालेर विधेयक संशोधन गरिने प्रतिबद्धता व्यक्त गरेका...











