सरकारले महासंघले उठाएका मागहरू सम्बोधन गर्ने तर्फ कुनै गम्भीरता नदेखाएकोले दोस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जेठ ६ गतेदेखि जेठ २५ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।
दोस्रो चरणको कार्यक्रम अन्तरगत महासंघले जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्नेछ । यसैगरी जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने कार्यक्रम तय गरेको छ ।
यसैगरी जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम छ ।
यसैगरी जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने भएको छ ।
जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तक्र्रियाको कार्यक्रम महासंघले तय गरेको छ ।
जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने र काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तो छ, कार्यक्रम











