किराती समुदायमा यस वर्षको साकेला उभौली सुरु (फोटो फिचरसहित)

किराती समुदायमा यस वर्षको साकेला उभौली सुरु (फोटो फिचरसहित)
उदयपुर । प्रकृतिपुजक किराती समुदायले आप्mनो महान् पर्व ‘साकेला उभौली (धिरीनाम) ५०७९’ शनिबारदेखि धुमधामसँग मनाउन सुरु गरेका छन् । किरात मिथक अनुसार गर्मीयाममा चराचुरु्गी र जनावर गर्मी छल्न लेक (उचो भूभाग) तिर लाग्ने दिनको प्रतिक स्वरुप बैशाख पूर्णेका दिनलाई उभौलीको शुभारम्भ मान्ने गरिन्छ । जस अनुसार शनिबारदेखि सुरु भएको धिरीनामपर्व लगातार १ महिनासम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । धिरीनाम...

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु
उदयपुर । उदयपुरमा आइतबार विहान करिव ६ बजेको समयमा दुर्घटना हुँदा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका १४ घुर्मी लामीडाँडामा ना.७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित दुर्घटनामा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सहचालक सिन्धुली दुधौली नगरपालिका ११ बस्ने २० वर्षिय लिला बहादुर सार्की र सोही टिप...

नेकपा एकतामा कुन कमिटीमा कति भाग बन्डा

नेकपा एकतामा कुन कमिटीमा कति भाग बन्डा
काठमाडौं । सत्तारुढ दल नेकपाको जनवर्गीय संगठनसम्मको एकता टुंग्गिदा तत्कालीन एमाले–माओवादी बीचको भागवन्डाको अन्तर झाँगिन थालेको छ। पार्टीको केन्द्रीय तहमा सचिवालयबाट क्रमशः भागवन्डाको अन्तर खुम्चिँदो देखिए पनि जिल्ला तह र जनवर्गीय संगठनसम्मको एकतामा आइपुग्दा फेरि अन्तर बढ्न थालेको छ। जनवर्गीय संगठनको नेतृत्व भागवन्डासम्म आईपुग्दा तत्कालीन माओवादीको तुलनामा एमाले झण्डै तेब...

मासु खाए ५० हजार जरिबाना, सुराक दिए १५ हजार इनाम

मासु खाए ५० हजार जरिबाना, सुराक दिए १५ हजार इनाम
गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ ।  अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप ...

उदयपुरमा भीरबाट लडेर ७९ वर्षीय वृद्धको ज्यान गयो

उदयपुरमा भीरबाट लडेर ७९ वर्षीय वृद्धको ज्यान गयो
उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका १० थुम्कीमा भिरबाट लडेर ७९ वर्षीय बृद्धको ज्यान गएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्काको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका ९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भई शनिबार दिऊँसो घर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको हो...

हात्तीको आक्रमणबाट ७० वर्षीया बृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट ७० वर्षीया बृद्धाको मृत्यु
सिरहा । सिरहाको गोलबजार नगरपालिका १० धर्मपुर गौरी टोलमा जंगली हात्तीको आक्रमणबाट एक बृद्ध महिलाको ज्यान गएको छ । स्थानीय ७० वर्षीया बुद्धा माया मगरको शुक्रवार राति हात्तीको आक्रमणबाट ज्यान गएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । छिमेकीको घरबाट टीभी हेरी घर फर्किने क्रममा हात्तीले आक्रमण गरेको थिए । वृद्ध मगरलाई घटना स्थलमै मृत्यु भएको प्रत्यक्ष दर्शीहरुलाई उध्रित गर्दै प्रहरीले जानकारी दि...

जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा गाउँपालिका अध्यक्षको घरमा बम बिष्फोट गराए

जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा गाउँपालिका अध्यक्षको घरमा बम बिष्फोट गराए
सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट गरिएको छ । शुक्रबार राति सवा १२ बजे गोइतको घरमा प्रेसर कुकर बम बिष्फोट गराइएको हो । अध्यक्ष गोइतको बस्ने घरसँगै जोडिएको उनकै अर्को घरमा घरमा बिष्फोट भएको हो । बमका छर्रा लागेर अध्यक्षका गोइतका ५६ वर्षीय काका समानन्द गोइत घाइते भएका छन् । बिष्फोटबाट घरमा क्षति पुगेको र केही कुर्सीहरु भाँचिएको अध्यक्ष गोइतले बताए । आफूल...

राजदेवी मन्दिरमा दर्शनार्थीहरुको घुइँचो, एक दर्शनार्थीको मृत्यु (फोटो फिचर)

राजदेवी मन्दिरमा दर्शनार्थीहरुको घुइँचो, एक दर्शनार्थीको मृत्यु (फोटो फिचर)
राजेन्द्र महतो, लहान । सबैको मनोकामना पूरा हुने जनबिशबास रहेको सिरहाको लहान नगरपालिका १७ (ढोढना ) मा रहेको प्रख्यात शक्ति पिठ पञ्चावती राजदेवी मन्दिरमा आज दर्शनार्थीहरुको निकै ठुलो घुइँचो लागेको छ । यहाँ दर्शनका लागि आएका एकजना दर्शनार्थीको गर्मीको कारण मृत्यु समेत भएको छ भने केही बेहोस पनि भएका छ्न । मेला हेर्न आएका सुखीपुर नगरपालिका–२ चन्नरपट्टि गाउँका अन्दाजी ४५ वर्षीय बालगोपाल यादवको अत्याधिक...

बुद्ध जयन्तीको दिन हजारौं बलि दिइन्छ राजदेवी मन्दिरमा

बुद्ध जयन्तीको दिन हजारौं बलि दिइन्छ राजदेवी मन्दिरमा
लहान । शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्तिका लागि विभिन्न कार्यक्रम गरिने भएपनि सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी मन्दिरमा भने हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेला लागेको छ। थारु समुदायको बाहुल्य रहेको गाउँको बीचमा रहेको मन्दिरमा बुद्ध जयन्तीकै दिन बैशाखे पूर्णिमामा पशुपक्षीको बलि दिइने गरिन्छ। राजदेवी मन्दिर बाराको गढीमाई म...

आज बुद्ध जयन्ती

आज बुद्ध जयन्ती
उदयपुर । वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल...