सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट गरिएको छ । शुक्रबार राति सवा १२ बजे गोइतको घरमा प्रेसर कुकर बम बिष्फोट गराइएको हो ।
अध्यक्ष गोइतको बस्ने घरसँगै जोडिएको उनकै अर्को घरमा घरमा बिष्फोट भएको हो । बमका छर्रा लागेर अध्यक्षका गोइतका ५६ वर्षीय काका समानन्द गोइत घाइते भएका छन् । बिष्फोटबाट घरमा क्षति पुगेको र केही कुर्सीहरु भाँचिएको अध्यक्ष गोइतले बताए । आफूलाई लक्षित गरेर बिष्फोट गराएको हुनसक्ने अध्यक्ष गोइतको भनाइ छ । उनी तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा निर्वाचित भएका हुन ।









