उदयपुरमा राजश्व छलेर ल्याएको अवैध सुर्ती बरामद

उदयपुरमा राजश्व छलेर ल्याएको अवैध सुर्ती बरामद
उदयपुर ।  उदयपुरमा विहिबार विहान नौ बजे राजश्व छलेर ल्याउँदै गरेको अवैध सुर्ती प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका १० साउने पुलमा नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त चेकजाँचको क्रममा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैद्ध सुर्ती बरामद गरिएको हो । को.१ च ७४४१ नम्बरको गाडीलाई चेकजाँचको क्रममा ३९ बोरा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैध सुर्ती पक्रा...

बलात्कारीलाई सुईमार्फत नपुंसक बनाइने

बलात्कारीलाई सुईमार्फत नपुंसक बनाइने
एजेन्सी । अमेरिकाको अल्बामा राज्यमा बलात्कारीलाई सजायस्वरुप जेलसँगै नपुसंक बनाउने सुई दिइने विधेयक पारित भएको छ ।अल्बामा राज्यका गभर्नर काय इवेले मंगलबार यस्तो विधेयकमा हस्ताक्षर गरेकी हुन् । विधेयकमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि यौन दूराचार गर्ने पुरुषलाई यस्तो सुईमार्फत नपुंसक बनाउने प्रावधान राखिएको छ । सुईद्वारा नपुंसक बनाउने यस्तो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘केमिकल कास्ट्रेसन’ ...

अबैध लागु पदार्थ गाँजा बरामद

अबैध लागु पदार्थ गाँजा बरामद
राजेन्द्र महतो, लहान ।  सिरहा र सप्तरीको सिमाना बलान खोला छेउबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा अबैध लागू पदार्थ गाँजा बरामद गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी अवैध गाँजा बरामद गरेको सार्वजनिक गरेको हो । बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहा सप्तरीका सशस्त्र प्रहरी निरिक्षक निरंजन राज कार्कीको नेतृत्वमा खटिएको टोलिले सुरङ्गा नगरपालिका–७ हरिपुर चकदह नजिक रहेको बलान खोलाको छेऊब...

धर्ना बसेका एक दर्जनबढी सञ्चारकर्मीमाथि धरपकड

धर्ना बसेका एक दर्जनबढी सञ्चारकर्मीमाथि धरपकड
राजेन्द्र महतो, धनुषा । हुलाक कार्यालय जनकपुरमा बुधबार धर्नामा बसेका सप्तरीका एक दर्जन बढी सञ्चारकर्मीलाई प्रहरीले बल प्रयोग गरि पक्राउ गरेको छ । पत्र–पत्रिकालाई प्रदान गरिदै आएको लोक कल्याणकारी विज्ञापन वापतको पैसा कटौती गरिएकोप्रति विरोध जनाउँदै धर्ना बसेका सप्तरीका संचारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी सबै संचारकर्मीलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाइएको छ । स्थानीय...

आर्थिक वर्ष सकिनै लाग्दा बल्ल पूर्व योजना तर्जुमा गोष्ठी

आर्थिक वर्ष सकिनै लाग्दा बल्ल पूर्व योजना तर्जुमा गोष्ठी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा योजनाहरुको सम्झौता सकिन्नै लाग्दा ठेक्का तथा समितिमार्फत धमाधम भुप्तानी भैरहेको समयमा आर्थिक वर्ष २०७५÷०७६ को पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पूर्व योजना तर्जुमा गोष्ठीमा नगरपालिकाका सरोकारबालाहरुको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता त्रियुगा नगरपालिकाको उपमेयर देवी कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन त्...

विनोद चौधरीद्वारा राजस्व छली र पूँजी पलायन गरेको ठहर

विनोद चौधरीद्वारा राजस्व छली र पूँजी पलायन गरेको ठहर
काठमाडौं । विश्वको धनीको सूचीमा नाम लेखाएर प्रचारबाजी गर्ने तर देशमा विद्यमान ऐन अनुसार कर नबुझाउने चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसको संघिय सदनको समानुपातिक सांसद बिनोद चौधरीमाथी सरकारले निगरानी बढाएको रोशन कार्कीले आर्थिक दैनिकमा समाचार लेखेको छ । आफुलाई डलर अर्बपतिको रुपमा प्रचार गर्दै आएका व्यापारी चौधरीले शक्तिकेन्द्रकै आँडमा राजश्व छलेको र पूँजी पलायनमा संलग्न भएको सूचनाका आधारमा...

प्रदेश स्तरीय प्रतिभा पहिचानमा राम जानकी माविका विद्यार्थी निबन्धमा प्रथम

प्रदेश स्तरीय प्रतिभा पहिचानमा राम जानकी माविका विद्यार्थी निबन्धमा प्रथम
उदयपुर । शिक्षा विकास निर्देशनालाय धनकुटाको आयोजनामा प्रतिभा पहिचान कार्यक्रममा रामजानकी माध्यमिक विद्यालय मोतिगडाका छात्रा प्रथम भएकी छिन् । शनिबार बालग्राम इटहरीमा सम्पन्न नं. १ प्रदेश अन्तर्गत प्रतिभा पहिचान कार्यक्रममा राम जानकी माध्यमिक विद्यालयका छात्रा हिरा कुमारी राउत निवन्ध लेखन प्र्रतियोगितामा प्रथम भएकी छिन भने भाषा तथा साहित्य विद्या तर्फ दोस्रो स्थान हासिल गरेकी छिन् । उनलाई प्रमुख ...

पत्रकार महासंघले २५ गते दिउँसै लालटिन बाल्ने

पत्रकार महासंघले २५ गते दिउँसै लालटिन बाल्ने
काठमाडौं । मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघले ‘प्रेस स्वतन्त्रतासभा’ देखि दिउँसै लालटिन बाल्ने र देशव्यापी सिटी जुलुश गर्ने लगायतका आदोलन तय गरेको छ । महासंघले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने भएको छ । त्यसरी संकलन गरेको हस्ताक्षर ६ गते जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइने म...

मिसन टोलीको रिपोर्ट : मेयरलाई उत्तेजित पार्नु पत्रकारको गल्ती

मिसन टोलीको रिपोर्ट : मेयरलाई उत्तेजित पार्नु पत्रकारको गल्ती
इटहरी । पत्रकार विराट अनुपम गौतमले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई फोन गरेर उत्तेजित गराएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको छ । महासंघको मिसनले मेयर चौधरीको समेत कमजोरी औंल्याएको छ । इटहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको समेत पत्रकार महासंघको रिपोर्टमा उल्लेख छ । इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरु...

उदयपुर गोल्ड कपको छैंठौ संस्करणको खेल तालिका सार्वजनिक (खेल तालिकासहित)

उदयपुर गोल्ड कपको छैंठौ संस्करणको खेल तालिका सार्वजनिक (खेल तालिकासहित)
उदयपुर । उदयपुर गोल्ड कपको छैठौं संस्करणको खेल तालिका मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । थरुहट रंगशालामा आगामी जेष्ठ ३२ गतेबाट असार ७ गतेसम्म गोल्ड कप संचालन हुने भएको छ । गोल्ड कपको पहिलो समूह अन्तर्गत सशस्त्र प्रहरी वल काठमाडौं विरुद्ध न्यू स्टार क्लब सुनसरी, मोरङ्ग सेन्टर मोरङ्ग विरुद्ध नेपाल पुलिस क्लब काठमाडौं विच हुने छ भने दोस्रो समूह अन्तर्गत उदयपुर ११ (आयोजक) विरुद्ध झापा फ...