उदयपुर । उदयपुर गोल्ड कपको छैठौं संस्करणको खेल तालिका मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । थरुहट रंगशालामा आगामी जेष्ठ ३२ गतेबाट असार ७ गतेसम्म गोल्ड कप संचालन हुने भएको छ ।
गोल्ड कपको पहिलो समूह अन्तर्गत सशस्त्र प्रहरी वल काठमाडौं विरुद्ध न्यू स्टार क्लब सुनसरी, मोरङ्ग सेन्टर मोरङ्ग विरुद्ध नेपाल पुलिस क्लब काठमाडौं विच हुने छ भने दोस्रो समूह अन्तर्गत उदयपुर ११ (आयोजक) विरुद्ध झापा फुटबल क्लब झापा ११, गोर्खा व्वाईज क्लब रुपन्देही विरुद्ध सङ्कटा क्लब काठमाडौं विच हुने छ । आयोजक टिम सहित ८ टिमले सहभागीता जनाउने आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताए ।

उद्घाटन खेलमा सशस्त्र प्रहरी बल काठमाडौं र न्यू स्टार क्लब सुनसरी मोरङ्ग विच हुने आयोजकले जनाएको छ । छैठौं गोल्ड कपको विजेतालाई ५ लाख नगद सहित गोल्डकप, प्रमाण पत्र र उपविजेतालाई ३ लाख नगद सहित प्रमाण पत्र र विधागत उत्कृष्ठ खेलाडीहरुलाई २ लाख ७० हजार बजेट छुट्याएको आयोजकले जनाएको छ । यस गोल्डकपको अनुमानित लागत र खच ५३ लाख ५० हजार रहेको समितिले जनाएको छ ।

उदयपुर गोल्डकप मुल आयोजक समितिको आयोजना, त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैँडा छाप सिमेन्टका मुख्य प्रयोजन, जिल्ला खेलकुद विकास समिति उदयपुर, जिल्ला फुटबल संघ उदयपुर, त्रियुगा नगर युवा खेलकुद विकास समितिको व्यावस्थापनमा सञ्चालन हुने आयोजकले जनाएको छ । विश्वमै सवै भन्दा धेरै हेरिने खेल फुटबल भएकाले यसको विकासले विश्वमा जिल्ला र राष्ट्रलाई चिनाउन सकिन्छ । उदयपुर गोल्डक कप सुरु गरेपछि उदयपुर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले बताए ।
पिछडिएका जिल्लाहरुले गोल्ड कप गर्न सक्दैन भन्ने एक प्रकारको सोचलाई चिर्दै उदयपुरले गोल्ड कपको सुरुवात गरेपछि अहिले देशमा धेरै उदयपुर जस्ता जिल्लाले गोल्ड कपको आयोजना गरिरहेको प्रवक्ता राईले बताए ।

तपाईको प्रतिक्रिया