फाइल तस्विर

उदयपुर ।  उदयपुरमा विहिबार विहान नौ बजे राजश्व छलेर ल्याउँदै गरेको अवैध सुर्ती प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका १० साउने पुलमा नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त चेकजाँचको क्रममा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैद्ध सुर्ती बरामद गरिएको हो ।
को.१ च ७४४१ नम्बरको गाडीलाई चेकजाँचको क्रममा ३९ बोरा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैध सुर्ती पक्राउ परेको परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।
प्रिती खैनी ३७ बोरा र झुम्का सुपर पावर २ बोरा गरी ३९ बोरा सुर्तीसहित गाडी, प्रिती सुर्ती कम्पनीमा काम गर्ने कर्मचारी विराटनगर महानगरपालिका ४ मोरङका ४६ वर्षिय माधव घिमिरेलाई पक्राउ गरि आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय लाहान पठाईएको प्रहरीले जानकारी दिए ।

यो पनि पढ्नुस्

चार लाख ५० हजार बराबरको अवैध सुर्ती बरामद

तपाईको प्रतिक्रिया