एपिएफ उदयपुर रमपम गोल्ड कपको फाइनलमा प्रवेश
उदयपुर । सशस्त्र प्रहरी फुटबल (एपिएफ) क्लब काठमाडौं उदयपुरमा जारी ‘छैठौं उदयपुर रमपम गोल्ड कप २०७६ फुटबल प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा मोरङ ट्रेनिङ सेन्टर मोरङलाई २–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि दावेदार मानिएको दुवै टिम खेलको सुरुवातमै आक्रामक बनेका थिए । सशस्त्रले सुरुवातको ११ औं मिनेटमै हरि कार्कीले पाएको अवस...













