उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुवेर दुई विद्यार्थी वेपत्ता भएका छन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय देव कुमार राई र १४ वर्षिय प्रविन राई सुनकोशीमा माछा मार्ने क्रममा डुवेर वेपत्ता भएको हो ।
उनीहरु माछा मार्ने क्रममा सुनकोशी नदीमा वेपत्ता भएको स्थानीय बुत्कु माविका शिक्षक शिवराम राईलाई उध्रित गर्दै लिम्चुङबुङ गाउँपालिका ३ का वडा सदस्य गुरुमणि कुमाईले जानकारी दिए । उनका अनुसार विहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएपछि गाउँलेहरु खोजी कार्य जारी राखेको बताए । उनका अनुसार प्रहरीलाई जानकारी गराईपनि प्रहरी घटना स्थल तफै जाँदै गरेको वडा सदस्य कुमाईले जानकारी दिए । देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।









