उदयपुरमा किताब सिंह मृत फेला

उदयपुरमा किताब सिंह मृत फेला
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ८ कात्तिके बस्ने ६० बर्षिय किताब सिंह राई घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका छन् । विहिबार दिउँसो साढे १ बजे राई गाई, बाख्रा चराउन घर नजिकै रहेको कात्तिके जंगलमा गएकोमा राती अबेरसम्म पनि घर फर्कि नआए पछि आफन्तले खोजी गरेका थिए । खोजी गर्दै जाने क्रममा राती १२ बजे घर भन्दा दुई किलोमिटर टाँढा रहेको कात्तिके जंगलमा उनलाई मृत अवस्थामा फेला पारिएको इलाका प...

त्रियुगा नगरपालिका न्यायिक समितिमा १ सय ३७ मुद्दा दर्ता

त्रियुगा नगरपालिका न्यायिक समितिमा १ सय ३७ मुद्दा दर्ता
सुखिलाल चौधरी । स्थानीय तहका न्यायिक समितिले धमाधम मुद्धा छिन्न थालेका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्ष १ सय ३७ वटा मुद्दा दर्ता भएर १ सय ७ वटा मुद्धा समाधन भएका थिए । आर्थिक वर्ष २०७४÷७५ को फर्छौट हुन बाँकी ५३ वटा मुद्धा गरी १ सय ९० वटा मुद्धा गत आर्थिक वर्षमा सुनुवाई अर्थात छलफलमा ल्याएको थियो । स्थानीय तहमा उपमेयर र उपाध्यक्षको नेतृत्वमा तीन सदस्य न्यायीक समित...

मिस्टर एण्ड मिस लिटिल आइकनको ग्राण्ड फिनालेको शनिबार हुने

उदयपुर । ‘सानै छु बढ्न देऊ, वालविवाह हैन पढ्न देऊ’ भन्ने मुल नाराका साथ ताल डान्स हाउसको आयोजना र विङ््स इन्टरटेनमेन्टद्वारा प्रस्तुत मिस्टर एण्ड मिस लिटिल आइकन उदयपुरको दोश्रो सिजनको फिनालेको सम्पूर्ण तयारी पुरा भएको र यहि भाद्र ७ गते गाईघाटको शुभलक्ष्मी हलमा फिनाले आयोजना हुने आयोजक तथा नृत्य निर्देशक एम जे मिथुनले जानकारी दिएका छन् । गत वर्ष झै यस वर्ष पनि १० देखी १६ वर्ष सम्मका वालवालिकालाई ल...

१ सय १५ जना जेष्ठ नागरिकलाई परिचय पत्र

१ सय १५ जना जेष्ठ नागरिकलाई परिचय पत्र
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा बिहिबार मात्रै एक सय १५ जनाले ज्येष्ठ नागरिक परिचय पत्र प्राप्त गरेका छन् । ६० वर्ष उमेर पुरा गरेका सबै नागरिकले परिचय पत्र प्राप्त गरेसँगै यातायात र औषधी उपचारमा ५० प्रतिशत छुट प्राप्त गर्ने परिचय पत्रमा नै उल्लेख गरिएको छ । गत सोमबारदेखी वितरण शुरु गरिएकोमा हालसम्म करिव २ सय जनाले परिचय पत्र प्राप्त गरिसकेका वडा कार्यालयले जानकारी दिएको छ । वडा ...

एनआरएनए कतारको नयाँ नेतृत्वमा नेकपाको दुई उम्मेदबार

एनआरएनए कतारको नयाँ नेतृत्वमा नेकपाको दुई उम्मेदबार
दोहा । गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् । यही क्रममा एनआरएनए कतारले पनि आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन आउँदो ३० अगष्ट र कार्यसमिति चयनका लागि निर्वाचन २३ अगष्टमा गर्ने भएको छ । चुनावी सरगर्मी बढेसँगै एनसीसी कतारको विभिन्न पदका लागि आकांक्षीहरूले आ–आफ्नो दाबेदा...

गुणस्तरहिन सिमेन्टले कत्तै तपाईको घरले परिवारलाई नै किचिरहेको त छैन !

गुणस्तरहिन सिमेन्टले कत्तै तपाईको घरले परिवारलाई नै किचिरहेको त छैन !
उदयपुर । धेरै नेपालीको सपना हुने गरेको छ – आफ्नै कम्तिमा एउटा घर होस् । र, त्यो घर पनि सकेसम्म सहरी क्षेत्रमै होस् । सहरका घर भन्ने वित्तिकै तपाईले अनुमान गर्नु भयो होला – इटा, सिमेन्ट र फलामे छडले बनेका घर । आधुनिक मानिने यस्ता घर बनाउन सामान्य आर्थिक अबस्था भएको एउटा परिवारले जीवनभरको कमाइ लगानी गरेको हुन्छ । अब हामी यहाँ तपाइलाई सिमेन्टको कथा सुनाउदै छौं । तपाइको परिवारले जीवनभरको कमाइ लगानी ...

उदयपुरमा वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम विस्फोट

उदयपुरमा वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम विस्फोट
सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा जलजले खानेपानी उपभोक्ता समितिको भवनमा रहेको पूरानो वडा कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ । सोमबार राति अज्ञात समूहले अन्दाजी १ बजेको समयमा त्रियुगा नगरपालिका ६ जलजले स्थित पूरानो वडा कार्यालय भवनलाई लक्षित गरी सिलिण्डर बम विस्फोट गराईएको छ । बमको विस्फोटले जलजले खानेपानी उपभोक्ता समितिको भवनमा क्षति पुगेको वडा सदस्य जयराम पंजियारले ...

ट्रान्सफर्मर जल्दा २ हजार घर अन्धाकारमा बस्न बाध्य

ट्रान्सफर्मर जल्दा २ हजार घर अन्धाकारमा बस्न बाध्य
उदयपुर । त्रियुगा नगरपालिका ९ राजाबासमा ट्रान्सफर्मर जल्दा चार दिन देखि २ हजार घर विद्युत् सेवाबाट वञ्चित भएका छन् । विद्युतको ट्रान्सफर्मर जल्दा नवउ दयटोल, चौकरीवारी, पाखाटोल र सखुवनी लगायत गाउँका २ हजार घर अध्यारोमा बस्न बाध्य भएका छन् । विजुली अवरुद्ध भएपछि खाद्यन्न मिल र सामुदायिक रेडियो नै बन्द भएको छ । गर्मी मौसममा चार दिनदेखि गाउँलेहरु गार्मी सहनु परेको छ भने अन्धकारमा बस्न बाध्य भएको ...

बादविवादका क्रममा दाउ प्रहार गरी एक घाईते

बादविवादका क्रममा दाउ प्रहार गरी एक घाईते
मोरङ । मोरङको बेलबारी नगरपालिका ९ पोखरी बस्ने ५५ वर्षिय गणेश चौधरीले सामान्य बादबिबादका क्रममा सोही स्थान बस्ने ६५ वर्षिय सुर्ता चौधरीलाई घरेलु हतियार दाउले पछाडीबाट टाउकोमा प्रहार गर्दा उनी घाईते भएका छन् । घाईते उनको स्थानिय किल्निक डागाबजारमा उपचार भईरहेको छ भने दाउ प्रहार गर्ने गणेश चौधरीलाई अस्थायी प्रहरी चौकी डागा बजारले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

अलैँची फाड्न गएका एक ब्यक्ति मृत फेला

अलैँची फाड्न गएका एक ब्यक्ति मृत फेला
ताप्लेजुङ । ताप्लेजुङको मिक्वा खोला गाउँपालिका ४ दलैचामा आफ्नै बारीमा अलैची फाड्न गई ३ दिनदेखी हराएका बर्ष ४८ को मनकुमार भन्ने मनमरे लिम्बु सोमबार मृत फेला परेको छ । साउन ३२ गते देखि अलैँची फाड्न गएका श्रीमान हराएपछि श्रीमती पबित्रा लिम्बुले प्रहरी चौकी पापुङ्गमा हुलिया निबेदन दिएकी थिईन । सोही क्रममा खोजत लाश गर्दै जाँदा सोमबार साझँ साढे ६ बजे मिक्वा खोलाको बगरमा मन कुमारलाई मृत अबस्थामा फेला परे...