उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ८ कात्तिके बस्ने ६० बर्षिय किताब सिंह राई घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
विहिबार दिउँसो साढे १ बजे राई गाई, बाख्रा चराउन घर नजिकै रहेको कात्तिके जंगलमा गएकोमा राती अबेरसम्म पनि घर फर्कि नआए पछि आफन्तले खोजी गरेका थिए । खोजी गर्दै जाने क्रममा राती १२ बजे घर भन्दा दुई किलोमिटर टाँढा रहेको कात्तिके जंगलमा उनलाई मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
मृतकका आफन्तले राईको सोही जंगलमा सालको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक रुखबाट लडि उनको मृत्यु भएको हुन सक्ने समेत बताएका छन । कानुनी कारबाही गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









