दोहा । गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् । यही क्रममा एनआरएनए कतारले पनि आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन आउँदो ३० अगष्ट र कार्यसमिति चयनका लागि निर्वाचन २३ अगष्टमा गर्ने भएको छ ।
चुनावी सरगर्मी बढेसँगै एनसीसी कतारको विभिन्न पदका लागि आकांक्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । यसै क्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनएरएनसीसी) कतारको आगामी कार्यकाल २०१९–०२१ को लागि अध्यक्षमा कपिलवस्तुका मोहम्मद मुक्तदा मुसलमान, सुनसरीका तेज कटुवाल र नुवाकोटका रामचन्द्र माझीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु एकदशक बढी देखि कतारमा कार्यरत छन् । मुसलमान र कटुवाल उनीहरु दुवै नेकपा निकट उम्मेदबार हुन् । तेज कटुवाल भने एनआरएनए कतारको उपाध्यक्ष हुन् । एनआरएनए कतारको आगामी २०१९–२१ कार्यकालको नेतृत्व चयन सर्बसम्मत गर्न नसके पछि नेपाली दूतावासको भवनमा मतदान प्रक्रियाबाट चयन हुदैछ । अध्यक्ष पदका उम्मेदवार तेज कटुवाल र मोहम्मद मुक्तदा मुुसलमानले आ–आफ्नो प्यानल बनाएर चुनावी प्रक्रियामा पुगेका छन । दुबै अध्यक्षका उम्मेदवार पुर्व एमाले समर्थक मानिन्छन । मोहम्मद मुक्तदा मुसलमानलाई पूर्व एमाले र पूर्व माओवादी संस्थापन पक्ष केपी ओली गुटको समर्थन छ । संस्थामा आबद्ध भइ निरन्तर काम गरेका उपाध्यक्षको पदमा समेत रहेका तेज कटुवाललाई आश्वासन दिइ मोहम्मद मुक्तदालाइ उम्मेदवारी दिन लगाई अगाडी सारेको बुझाई छ । तेज कटुवालले आफ्नो समर्थकहरुको आग्रहमा आगामी कार्यकाल २०१९–२१ का लागि उम्मेदवारी दिए पछि कडा प्रतिस्पर्धा हुने देखिएको अध्यक्ष पदका उम्मेदवार मोहम्मद मुक्तदा मुसलमान भन्दा नेपाली समाज दोहामा परिचित साथै समाज सेवामा सक्रिय सस्थागत अनुभव बटुलेका तेज कटुवाललाई कतारमा कृयाशिल नेपाली काँग्रेसको पनि समर्थकले समेत सहयोग गर्ने भएको छ । पूर्व एमालेहरुले गुटबन्दीको राजनीतिक गर्दै आएको हुँदा त्यसको असर एनआरएनए चुनावमा समेत प्रभाव पर्ने देखिएको छ । मोहम्मद मुक्तदालाई कतारमा स्थापित नेकपा एकता प्रक्रियाका कार्यदलका संयोजक चानक पोख्रेल, रामहरि गैरे, शनि कुमार ओली, रकमध्वज राई लगायतका समर्थनमा उम्मेदवारी दिएका छन । पार्टीको आधिकारिक उम्मेदवार मोहम्मद मुक्तदा रहेको भन्ने गरेका छन् । कपिलवस्तुका मोहम्मद मुक्तदा पेशाले कतारमा ब्याबसायी हुन प्रबासमा पार्टी कमिटी एकता नसकिएको अबस्थामा आधिकारिक उम्मेदवार को हुन भन्ने कार्यकर्तालाई अप्ठ्यारो परेको छ । साथै उम्मेदवार घोषणा गर्न अगाडी कार्यदलले आम कार्यकर्ताहरुसँग कुनै किसिमको छलफल नै नगरी मात्रै निर्णय लिएकोले अन्य कार्यकर्ता रुष्ट छन । नेपाली जनप्रगतिशिल मञ्चमा आबद्ध पाँचौं महाधिवेशन आयोजक समितिका प्रचारप्रसार बिभाग प्रमुख राज देबकोटाले आफ्नो फेसबुक लाइभ मार्फत उक्त कुरा व्यक्त गर्दै मञ्चका नेतृत्व शनि कुमार ओली माथि आक्रोश राखेका थिए । अर्का उम्मेदवार तेज कटुवाललाई माधब नेपाल पक्षधरले आन्तरिक रूपमा सहयोग गरिरहेका छन । पार्टी एकताले केही हप्ता पहिले मात्रै पूर्ण रुप पाउँदा माधब नेपाल बिदेश बिभाग प्रमुखमा रहेकाले पनि माधब नेपाल पक्षले अन्तिम समयमा खुल्दै आएका छन । आइसिसि उपाध्यक्ष समेत बनिसकेका खाडीबाट उच्च पदमा पुगेका पूर्व उपाध्यक्ष टिबि कार्की, आइसिसि सदस्यहरु कुमार कार्की, बिनोद भट्टराई, नेपाली काँग्रेस निकटबाट बिमल सुबेदी नरेन्द्र रानाभाटको साथ तेज कटुवाललाई रहेको छ । चुनावी रौनक दिन दिनै थपिदै गर्दा अझै रमाइलो बनाउने काम रेगिस्थानी कवि भनेर चिनिएका कवि तिर्थ संगम राईले कविता भाब मार्फत कटुवाल पक्षलाई मत मागेर रौनक थप्ने काम गरेका छन ।
पूर्व एमाले निकट कतारका संस्थापक कमल मणि गुरागाइँ र दिलकिरण खजुम टथस्थ बसेका छन । अन्तिम समयमा कटुवाललाई नै समर्थन गर्न सक्ने बुझाइ कटुवाललाई साथ दिनेहरुको बुझाइ छ । कटुवाललाई श्रमिकहरुको समेत ब्यक्तिगत सान्त्वना मत आउने देखिन्छ भने कतारमा स्थापित विभिन्न सामाजिक सस्थाहरुले साझा उम्मेदवारको रूपमा खुलेर प्रचारप्रसार नगरे पनि मतदान भने ब्यक्तिगत रूपमा कटुवाललाई सहयोग गर्ने बिश्लेशन सुरु भएको छ । भोजपुरमा जन्मिएका तेज कटुवाल कतारमा म्यानेजर पदमा कार्यरत छन । उम्मेदवारीका हिसाबले तेज कटुवाल अनुभवी कार्यदक्षता मिजासिलो सबैसँग सहकार्यमा काम गर्दै आएका एक कामदार श्रमिक भएकोले श्रमिकहरुले साथ र सहयोग गरिरहेको छ । सबैसँग भाइचारा सम्बन्ध राखेर समाजसेवामा लामो समय बिताएका सामाजिक ब्यक्तित्व र छवि बनाएका उम्मेदवार हुनाले तेज कटुवालले नेतृत्व लिने सम्भावना बढेर गएको देखिन्छ । ओली पक्षधर मानिएका पूर्व एमाले निकट कतार अध्यक्ष पार्टी एकता पश्चात बनेको कार्यदलका कतार संयोजक चानक पोख्रेल र पूर्व माओवादीका तर्फबाट गल्फ संयोजक समेत बनिसकेका शनिकुमार ओलीले आन्तरिक रूपमा आफू निकट कार्यकर्तालाई तेज कटुवाललाई मत दिन भनेको एक मतदाताले बताए । । दोहाको मौहोल भित्र भित्रै एकाएक तातिएको छ, आफ्नो अनुकूल आउने भए मोहम्मद मुक्तदालाई मत दिने पराजित हुने अबस्थामा पुगे आन्तरिक रूपमा तेज कटुवाललाई जिताउन भूमिका खेल्ने आन्तरिक निर्देशन गरेका हुन बिगतको इतिहास पनि त्यस्तै रहेकोले होइन भन्न नसकिने जानकारहरु बताउँछन ।
एउटै पार्टीको समर्थक उम्मेदवार भएको हुनाले मोहम्मद मुक्तदाले जिते पनि जस पाउने तेज कटुवालले जिते पनि जस लिन उनिहरुको दोहोरो भुमिका रहन सक्ने विश्लेशन सुरु भएको छ । यो अन्तर्घातको सिलशिला २०१७–१९ मा पनि भएको थियो उपाध्यक्ष पदमा उम्मेदवार बनेका तेज कटुवाललाई जिताउन महत्वपूर्ण भुमिका खेलेका चानक पोख्रेल, शनि कुमार ओली र रामहरि गैरेले यस पटक समेत दोहोरो भुमिका निभाउन सक्ने शंका गर्न सक्ने ठाउँ रहेको उनी निकट कार्यकर्ताले नै बताएका छन् । २०१७–१९ कार्यकालका लागि भएको चुनावी मतदानमा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका मोहम्मद मुक्तदा पराजित भएका थिए भने सोही प्यानलका उम्मेदवार तेज कटुवाल उपाध्यक्षमा बिजय भएका थिए ।
यसरी हेर्दा एनआरएनए कतार एउटै पार्टीको आन्तरिक गुटबन्दीको चपेटामा परेर गुटगत राजनीतिकले एनआरएनए कतार हरेक पटकको नेतृत्व चयनमा जटिलता भित्र फस्दै गरेको देखिन्छ भने तिनै राजनीतिले गर्दा समाज प्रति रहेको विश्वास गुम्दै साख गिर्दै सामाजिक काम गर्छ र भन्ने अविश्वासनियता पैदा गराई दिएको छ ।