उदयपुर । ‘सानै छु बढ्न देऊ, वालविवाह हैन पढ्न देऊ’ भन्ने मुल नाराका साथ ताल डान्स हाउसको आयोजना र विङ््स इन्टरटेनमेन्टद्वारा प्रस्तुत मिस्टर एण्ड मिस लिटिल आइकन उदयपुरको दोश्रो सिजनको फिनालेको सम्पूर्ण तयारी पुरा भएको र यहि भाद्र ७ गते गाईघाटको शुभलक्ष्मी हलमा फिनाले आयोजना हुने आयोजक तथा नृत्य निर्देशक एम जे मिथुनले जानकारी दिएका छन् ।
गत वर्ष झै यस वर्ष पनि १० देखी १६ वर्ष सम्मका वालवालिकालाई लक्षित गरि सौन्दर्य, नृत्य, व्यक्तित्व विकास, क्षमता अभिबृद्धि, उद्घोषण कला, मोडलिङ लगायतका प्रशिक्षण प्रदान गरि त्यसलाई प्रस्तुती गराउन लागिएको आयोजकले जानकारी गराएका छन् । प्रतियोगितामा छात्रा तर्फ ३० र छात्र तफै ७ जना प्रतिस्पर्धि रहेका छन् । ३ हप्ताको वन्द प्रशिक्षण पछि फिनालेको लागि सबै प्रतिस्पर्धि र आयोजक तयार रहेको विङस इन्टरटेनमेन्टका अध्यक्ष शान्ति ठाकुरले बताएका छन् ।
कार्यक्रममा मुख्य प्रायोजकको रुपमा यामाहा मोटरसाईकल रहेको छ भने यस वर्षको थिम पार्टनरमा वल्र्ड भिजन इन्टरनेश्नल रहेको छ ।









