ताप्लेजुङ । ताप्लेजुङको मिक्वा खोला गाउँपालिका ४ दलैचामा आफ्नै बारीमा अलैची फाड्न गई ३ दिनदेखी हराएका बर्ष ४८ को मनकुमार भन्ने मनमरे लिम्बु सोमबार मृत फेला परेको छ । साउन ३२ गते देखि अलैँची फाड्न गएका श्रीमान हराएपछि श्रीमती पबित्रा लिम्बुले प्रहरी चौकी पापुङ्गमा हुलिया निबेदन दिएकी थिईन । सोही क्रममा खोजत लाश गर्दै जाँदा सोमबार साझँ साढे ६ बजे मिक्वा खोलाको बगरमा मन कुमारलाई मृत अबस्थामा फेला परेको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पुरा गर्नुका साथै घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया