उदयपुरमा जंगली हात्तीको विगविगी
उदयपुर / उदयपुरमा अहिले हात्तीको विगविगी छ । केही दिनदेखि उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकामा हात्तीको विगविगी बढेको हो ।
गत शुक्रबार राति त्रियुगा नगरपालिका २ खैजनपुरमा जंगली हात्तीले दिपक सार्कीको फुसको छानो भएको घर भत्काउनुको साथै घरमा भएको अन्नपात खाई दिएका थिए । यस्तै आइतबार राति चौदण्डीगढी नगरपालिका– १० हडियामा ४ वटा जंगली हात्तीको समूहले गाउँ पसेर किसानको अन्नबाली नष्ट गर्...











