नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा
काठमाडौ । सत्तारूढ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने तयारी थालेको छ । जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रको भए पनि स्थानीय तहको एकता सम्बन्धित जिल्ला कार्यदल र प्रदेश कमिटीले टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेकपाले जनाएको छ ।
पार्टी एकता भएको दस महिना बितिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया टुंग्याउन नसक्दा नेकपाका आठ लाख बढ...













