राजेन्द्र महतो, लहान ।  सिके राउतको अध्यक्षतामा गठित जनमत पार्टीका समर्थकहरुले ‘जनमत दो, अजादी लो’ नारा सहित मंगलबार लहानमा शक्ति प्रर्दशन गरेको छ । लहान स्थित शहिद रमेश महतोको शालिकमा माल्यापर्ण कार्यक्रममा सहभागी हुन आएका समर्थकहरुले यस्तो नारा लगाएका हुन् ।
बृहत र्यली गर्दै मधेस आन्दोलनको प्रथम शहिद महतोको शालिकमा फुलमाला तथा अबिर लगाएर शहिदको सम्मान गर्दै राउत सप्तरीको रुपनीमा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन पुगेका थिए । अभिनन्दन कार्यक्रममा जनमत पार्टीका समर्थकहरुले सिके राउत जिन्दाबाद, जनमत पार्टी जिन्दाबाद लगायतका नारा लगाएका थिए ।
मधेस अलग्गै देश बनाउँने मागलाई विर्सजन गरेर मुलधारको राजनीतिमा प्रबेश गरेपछि उनका समर्थकले यस्तो नारा लगाएका हुन् । केही राजनीतिक विश्लेषकहरुले राउतको जनममत घटने अनुमान गरिए पनि र्यालीमा उल्लेखनीय मात्रामा सर्वसधारण तथा समर्थकहरुको सहभागीता रहेको थियो ।
जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र साहले पत्रकारहरुसँगको भेटघाटमा र्यालीमा लाखौं शुभचिन्तकको सहभागिताले यस पार्टीको जनमत बढेको बताए ।
सरकारसँग ११ वुद्धे सहमती गर्दै राउत मुलधारको राजनीतिमा प्रबेश गरेपछि आयोजित पहिलो बृहत र्यालीको आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया