एपिएफले चुम्यो छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधि
उदयपुर । उदयपुरमा सम्पन्न छैटौं संस्करणको उदयपुर रमपम गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि शस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ । शनिबार थरुहट रंगशालामा भएको खेलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई दोह्रो हाफको ७३ औं मिनेटमा एपिएफका जर्सी नं. १४ का श्याम नेपालीले गोल गर्दै उपाधि उचाल्न सफल भयो ।
शनिबारको फाईनल खेलमा एपीएफले रुपेन्देहीलाई ० को विरुद्ध १ गोल गर्दै गोल्डकपको उपाधी चुम्न सफल भएको हो ...













